Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ १२:२६

सुदूरपश्चिम प्रदेशले धामीको कप्तानीमा तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्ने

सम्बाददाता सम्बाददाता
शनिबार, माघ १३, २०८०
सुदूरपश्चिम प्रदेशले धामीको कप्तानीमा तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगिता खेल्ने

सुदूरपश्चिम प्रदेशको भलिबल टिमको कप्तानमा भलिबल खेलाडी नवराज धामी चयन भएका छन । 

दार्चुलाको शैल्यशिखर नगरपालिका २ घर भएका धामी सुदूरपश्चिम प्रदेश भलिबल टोलिका कप्तानमा चयन भएका हुन । 

पछिल्लो समय उकृष्ट प्रदर्शन गर्दै आइरहेका धामीलाई सुदूरपश्चिम प्रदेशको भलिबल टिमको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ । 

सुदूरपश्चिमले धामीको कप्तानीमा माघ १४ गते (भोलि) देखि कञ्चनपुरको खुलामञ्चमा सञ्चालन हुने तेस्रो मुख्यमन्त्री भलिबल प्रतियोगिता खेल्ने भएको छ ।

जसमा तीन विभागियसहित सातवटै प्रदेश गरि १० टिम सहभागि हुने छन् ।

सोही प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली धामीको नेतृत्वमा अहिले बन्द प्रशिक्षणमा छ ।

२४ वर्षीय धामीसँग उत्कृष्ट टिमहरु सित प्रतिस्पर्धा गरेको अनुभव छ । उनको अनुभव, खेल कला र भविष्य देखेर नै सुदूरपश्चिमको कप्तानमा नियुक्त गरिएको बताइएको छ । 

प्रतिक्रिया