Wide Nepal News बुधबार २६, बैशाख २०८१ ०४:५०

डिलासैनी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

सम्बाददाता सम्बाददाता
शनिबार, बैशाख १५, २०८१
डिलासैनी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

आफ्नै प्रशासकीय भवन नहुँदा विगत ७ वर्षदेखि भाडाका घर तथा भवनबाट सेवा प्रवाह गर्दै आइरहेको बैतडीको डिलासैनी गाउँपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सुरु भएको छ ।

गाउँपालिकाको मुकाम धामीगाउँमा गाउँपालिकाले एक समारोहका बिच विधिवत् रुपमा पुजाआजा गरि शुक्रबार सभाहल सहितको १३ कोठे प्रिफ्याब बिल्डिंगको शिलान्यास गरिएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकास जोशीले जानकारी दिनुभयो । 

गाउँपालिकामा विगत लामो समयदेखि प्रशासकीय भवन अभाव हुदाँ सीमित स्रोत साधनका बिच कार्यालयको सेवा प्रवाहमा समस्या भएको उल्लेख गर्दै अध्यक्ष जोशीले निर्माण कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यअनुसार प्रशासकीय भवनको काम सुरु गरेको बताउनुभयो । 

यसैबिच गाउँपालिकासित प्रशासकीय भवन निर्माणका लागि २० रोपनी जग्गा रहेको तथा हाल निर्माण सुरु भएको भवन बाहेक पनि संघ तथा प्रदेश सरकारलाई प्रशासकीय भवन निर्माणका लागि आवस्यक स्रोत सुनिश्चित गर्न आग्रह गरिएको उहाँको भनाइ छ । 

प्रतिक्रिया