Wide Nepal News बुधबार १९, बैशाख २०८१ ०६:२७

झुलाघाट नाका बन्द

सम्बाददाता सम्बाददाता
बुधबार, बैशाख ०५, २०८१
झुलाघाट नाका  बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका  बन्द  भएको छ ।

झुलाघाट नाका मंगलबार  साँझबाट  ७२ घण्टाका लागि बन्द  भएको  हो ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै  सीमानाका बन्द भएको  बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। अप्रिल १९ तारिख अर्थात वैशाख ७ गते उत्तराखण्ड राज्यमा निर्वाचन हुँदै छ ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै मंगलवार  साँझ ७ देखि वैशाख ७ गते साँझ ७ बजेसम्म ७२ घण्टाका लागि झुलाघाट नाका बन्द भएको  प्रमुख जिल्ला अधिकारी शर्माले बताए । सुरक्षा संवेदनशीलताको कारण नाका बन्द भएको उनको भनाई  छ ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जिल्ला प्रशासन कार्यालय  बैतडीले  जनाएको छ ।

 

प्रतिक्रिया