Wide Nepal News मङ्गलबार २५, बैशाख २०८१ ०९:३०

चीन प्रवेशका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट अनुमती पत्र वितरण सुरु

सम्बाददाता सम्बाददाता
शुक्रबार, बैशाख १४, २०८१
चीन प्रवेशका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट अनुमती पत्र वितरण सुरु

दार्चुलाबाट चीनको सीमा क्षेत्र ताक्लाकोट प्रवेशका लागि अनुमति पत्र वितरण सुरु गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले चीन प्रवेशका लागि अनुमति पत्र ‘पास’ वितरण सुरु गरेको हो । कोरोना महामारीका कारण विगत ४ वर्षदेखि बन्द रहेको नेपाल–चीन सीमा नाका तिंकर हुँदै ताक्लाकोट प्रवेशको लागि पास वितरण सुरु भएको छ ।

दार्चुलाका राजनीतिक दल र व्याँस गाउँपालिकाका स्थानीयको लामो प्रयासपछि पहिलोपटक पास वितरण सुरु भएको हो । 

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बिहीबार २ जनालाई प्रवेश अनुमति पत्र वितरण गरिएको जानकारी दिए । चीन प्रवेश अनुमति पत्र वितरण सुरु गरेका छौ,’ प्रमुख जिल्ला अधिकारी जोशीले भने, औपचारिक रुपमा नाका खुलेको छैन, तर, दुई देशबीच केहि समझदारी भएकाले प्रवेश पत्र जारी गरेका हौं । दुवै देशको समन्वयमा आउजाउ गर्न खुलाउने उच्चस्तरमा समझदारी भएको छ ।

गृह मन्त्रालयले पठाएको डिजाइनअनुसार जिल्लामै कार्ड छपाइ गरेर वितरण थालिएको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दा र नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले पास पाउनेछन् । प्रमुख जिल्ला अधिकारी जोशीका अनुसार व्यापारका लागि तिब्बत जान ७९ जनाले सिफारिस लिएका छन् ।

ढिलै भएपनि परराष्ट्र मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेपछि प्रवेशको लागि पास उपलब्ध भएको व्याँस गाउँपालिका–१ का स्थानीय योगेश बोहराले बताए । उनले भने, लामो संघर्षपछि बल्ल पास पाएका छौं । 

दुवै देशको सहजीकरणको आधारमा अब ताक्लाकोट गएर व्यापार गर्ने बाटो खुला भएको छ ।

ताक्लाकोटमा मात्रै दार्चुलाका व्यासीहरुको झण्डै तीन दर्जन बढि पसलहरु रहेका छन् ।

प्रतिक्रिया