Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०१:१०

अपिहिमाल भ्रमण बर्ष २०८० शुरु

सम्बाददाता सम्बाददाता
सोमबार, असोज १५, २०८०
अपिहिमाल भ्रमण बर्ष २०८० शुरु

४४औंं विश्व पर्यटन दिवसको अवसरमा दार्चुलाको अपि हिमाल गाउँपालिकाले अपि वेसक्याम्पमा अपि हिमाल भ्रमण वर्ष २०८० का लागि ८ बुँदे घोषणापत्र जारी गरिएको छ ।

अपि हिमालको वेसक्याम्पमा आयोजित ४४औंं विश्व पर्यटन दिवसमा सुदुरपश्चिम प्रदेश सरकारका मन्त्री, पर्यटन व्यवसायी, राजनितिक दल, अधिकारकर्मी, कलाकार, पत्रकारहरुको सहभागीतामा मनाइएको छ ।

अपिहिमाल गाउँपालिकाले आयोजना गरेको दोश्रो भ्रमण सप्ताहमा १ साताको भ्रमण तय गरि अपिहिमाल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले दार्चुलाको हिमाली क्षेत्रमा पालिने भेडा,च्यांग्रा तथा त्यहाँको जडिबुटीहरुको व्यापार प्रर्वधनमा टेवा पु¥याउने आधारका कार्यक्रम तय गर्ने बताए ।

उनले हिमाली क्षेत्रका वासिन्दाहरुको समस्या प्रति सरकार जानकार रहेको बताउदैँ समस्या समाधान गरिने प्रतिवद्धता व्यक्त गरे । जिल्लाको महाकाली नगरपालिकाका मेयर नरसिंह चैंसीर र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीले छिमेकी गाउँपालिकामा रहेको अपिहिमालको पर्यटन प्रवर्धनमा आफुहरुको साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल प्रवतारोहण संघका पुर्व सचिव दिवस पोख्रेलले अपिहिमाल आरोहणको अनुमतीका लागि संघ सकारात्मक रहेको भन्दै उचित संरचना निर्माणका लागि सम्बन्धीत निकायहरुमा पहल गर्ने बताए । अपिहिमालको विकास तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि तिनै तहको सरकार, दातृ निकायहरु, पर्यटन व्यवसायी सबैको साथ आवश्यक भएको बताए । नाटा सुदूरपश्चिमका अध्यक्ष पदम बिक्रम सिहंले अपिहिमाल सुदुरपश्चिमको पर्यटकीय गन्तव्य बनाउन सकिने भएकाले त्यसमा आफुहरुको भुमिका रहने बताए ।

अपि हिमालको वेसक्याम्पमा आयोजित उक्त कार्यक्रममा अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंंह ठेकरे बोहराले अपि वेसक्याम्प भ्रमण वर्ष २०८० घोषणापत्र जारी गरे ।

१. प्रकृतीमा आधारित पर्यटन गन्तव्यको रुपमा अपिहिमाल क्षेत्रलाई सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने ।

२. अपिहिमाल गाउँपालिकाको प्रमुख प्राकृतिक तथा धार्मिक पर्यटकीय गन्तव्यहरुको पूर्वाधार बिकास गर्न आवश्यक वजेटको व्यवस्था गर्ने ।

३. स्थानीय कला संस्कृती होम स्टेहरुको बिकास गर्ने तथा स्थानीय उत्पादनमा आधारित कृषि तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने ।

४. अपिहिमाल वेश क्याम्प लगायत पर्यटकीय क्षेत्र तथा पदमार्गहरुमा फोहर व्यवस्थापन तथा वातावरण प्रदुषण न्युनिकरण सम्बन्धी ठोस कार्यक्रमहरु संचालन गर्ने ।

५. जलवायु परिवर्तनको असरले हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरु तथा सिमान्तकृत समुदायको जनजीवनमा परेको असर न्यूनिकरण तथा जलवायु अनुकुलन कार्यक्रम गर्न पहल गर्ने ।

६. संरक्षण क्षेत्रमा चोरी सिकारी नियन्त्रण, मानव वन्यजन्तु द्वन्द न्युनिकरण जैविक विविधताको संरक्षण लगायत वातावरण संरक्षण सम्बन्धी कार्यक्रम संचालन गर्ने ।

७. अपि नाम्पा लगायत हिमाल आरोहणकोलागि सरोकारवाला निकायहरुसंग आवश्यक पहल गर्ने ।

८. अपिहिमाल लगायत पर्यटकीय गन्तव्यहरुमा पालास्टिकजन्य सामाग्रीहरु प्रतिवन्ध लगाउने

प्रतिक्रिया