Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०२:१३

पर्यटन प्रबद्र्धनका लागि अपिहिमाल गाउँपालिकाद्धारा टिकटक प्रतियोगिता संञ्चालन

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ २७, २०८०
पर्यटन प्रबद्र्धनका लागि अपिहिमाल गाउँपालिकाद्धारा टिकटक प्रतियोगिता संञ्चालन

दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्यटन प्रबद्र्धन तथा पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले टिकटक प्रतियोगिता संञ्चालन हुने भएको छ । 

गाउँपालिकाले सोमबार एक सुचना जारी गदैँ पर्यटन प्रबद्र्धनमा सामाजिक संञ्जालको उपादेयतालाई मध्यनजर गदैँ पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न तथा भम्रण वर्ष २०८० र विश्व पर्यटन वर्ष २०८०का लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 

उक्त प्रतियोगितामा सहभागि हुन इच्छुकले अपि हिमालको पर्यटन क्षेत्र, साँस्कृतिक र भेषभुषा झल्किने गरी अपि हिमाल भम्रण वर्ष २०८० र विश्व पर्यटन दिवस २०८० अभियानलाई लक्षित गरेको न्युनमत १ देखि ३ मिनेटको टिकटक भिडियो बनाउनु पर्ने बताइएको छ । 

सोही टिकटक भिडियो आफनो टिकटक आइडीबाट अपि हिमाल गाउँपालिकालाई अनिवार्य ट्याग गरी असोज १ गते विहान ८ बजे पछि मात्र सार्वजनिक गरी अपि हिमाल भम्रण वर्ष २०८० उल्लेख गर्नुपर्ने छ ।

टिकटक बनाउदाँ अपिहिमालको मौलिकता झल्किने गरी आफनैआवाजमा बनाउनु पर्ने साथै आफनो अवाजमा बनाउदाँ ब्याकग्राण्डमा म्युजिक प्रयोग गर्ने पाइने भएको छ । 

भिडियोलाई मुल्याङन समितिले मुल्याङन गरी प्रथम हुनेलाई रु १० हजार द्धितिय हुनेलाई ७ हजार ५ जना अन्य सहभागीहरुलाई ३ हजार रुपैयाँका दरले सान्त्वना पुरुस्कार तथा प्रमाणपत्र सहित विश्व पर्यटन दिवस २०८० उद्घाटनका दिन सम्मानित गरिने गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनु भयो ।

टिकटक भिडियो अगामी असोज ७ गते दिउसो १२ बजेसम्म प्राप्त भ्यूज,लाइक र सेयर बापत ४० प्रतिशत र विषयबस्तुको गहनता, प्रस्तुतिकरण आदिका आधारमा मुल्याकंन समितिको आधारमा ६० प्रतिशत भार विनीयोजन गरिएको उहाँले बताउनु भयो । 

पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ,, टिकटकको लोकप्रियतालाई ध्यानमा राखेर गाउँपालिकाले यो निर्णय गरेको अध्यक्ष ठेकरे बोहराले बताउनु भयो । 

गाउँपालिकाले अपिहिमालको पर्यटन प्रबद्र्धनका लागि गत बैशाख १४ गते देखि २१ गते सम्म अपि बेश क्याम्प भम्रण सप्ताह  समेत संञ्चालन गरेको थियो ।

प्रतिक्रिया