Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ १०:५३

अपिहिमालको पर्यटन सद्भावना दूतमा हिमालय भट्ट नियुक्त

सम्बाददाता सम्बाददाता
बिहिबार, जेठ ०४, २०८०
अपिहिमालको पर्यटन सद्भावना दूतमा हिमालय भट्ट नियुक्त

दार्चुलाको अपिहिमाल गाउपालिकाले पर्यटन सद्भावना दूत नियुक्त गरेको छ । 

धार्मिक एवम् पर्यटकीय गन्तव्यहरुले भरिपूर्ण अपिहिमाल गाउँपालिकाकोे पर्यटन प्रबद्र्धनका लागि पर्यटन अभियन्ता हिमालय भट्टलाई पर्यटन सद्भावना दूतका रुपमा नियुक्त गरिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिए । 

लामो समयदेखि दार्चुलासहित सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरि उक्त स्थानहरुको पर्यटन प्रबद्र्धन गर्दै आएका महकाली नगरपालिका ३ का भट्टलाई अपिहिमाल गाउँ कार्यपालिकाको बैठकले अवैतानिक पर्यटन सद्भावना दूतमा नियुक्त गरेको गाउँपालिकाले जनाएको छ । 

यसैबिच आफूलाई पर्यटन दूतका रुपमा नियुक्त गरेकामा अपिहिमाल गाउँपालिकालाई धन्यवाद व्यक्त गर्दै भट्टले पर्यटन प्रबद्र्धनका क्षेत्रमा आफ्नो जिम्मेवारी थपिएको बताएका छन् । 

सुदूरपश्चिमको अग्लो हिमालका रुपमा अवस्थित अपिहिमाल (७,१३२ मि.), खण्डेश्वरी, क्षेत्ती, नेपालकै लामो पदमार्ग मध्येको एक सिद्ध मकरीकोट पदमार्ग, कालिढुंगा ताल, चमेलिया नदीको मुहान लगायतका  एक दर्जन बढी पर्यटकीय आकर्षणका गन्तव्य रहेको अपिहमाल गाउँपालिकामा केही दिन अघि गाउँपालिकाले अपि बेस क्याम्प भ्रमण सप्ताह समेत मनाएको थियो । 

 

प्रतिक्रिया