Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०५:००

ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धि विद्यार्थीसंग अन्तरक्रिया

सम्बाददाता सम्बाददाता
मङ्गलबार, फागुन २२, २०८०
ग्लोबल आइएमई बैंकद्धारा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धि विद्यार्थीसंग अन्तरक्रिया
ग्लोबल आइएमई बैंकले वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धि विद्यार्थीहरुसंग अन्तरक्रिया गरेको छ । ग्लोबल आइएमई बैंक गोकुलेश्वर शाखाको आयोजनामा सोमबार गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धि अन्तरक्रियाको आयोजना गरिएको ग्लोबल आइएमई बैंक गोकुलेश्वर शाखाका शाखा प्रबन्धक बाशुदेव भट्टले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा गोकुुलेश्वर कृषि तथा पशु विज्ञान कलेज, सेटिगाउँ बहुमुखी क्याम्पस तथा सेटिगाउँ माद्यमिक विद्यालयका १ सय ५० जना भन्त्दा बढि विद्यार्थीहरुको उपस्थिती रहेको बैंकका शाखा प्रबन्धक भट्टले बताए । अन्तरक्रियामा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धि जानकारी गरिनुका साथै बैंकिङ्ग कारोबार सम्बन्धि विद्यार्थीका जिज्ञासा तथा गुनासा समेत समाधान गरिएको ग्लोबल आइएमई बैंक गोकुलेश्वर शाखाले जनाएको छ ।

प्रतिक्रिया