Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०५:१५

बझाङमा आगामी वैशाखमा उपनिर्वाचन हुँदै, स्थानीय तहका रिक्त पाँच जनप्रतिनिधिको छैन टुंगो

सम्बाददाता सम्बाददाता
सोमबार, फागुन १४, २०८०
बझाङमा आगामी वैशाखमा उपनिर्वाचन हुँदै, स्थानीय तहका रिक्त पाँच जनप्रतिनिधिको छैन टुंगो

बझाङ प्रदेश सभा ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको हैसियतमा गृहजिल्ला जाँदै गर्दा असार ५ गते गाडी दुर्घटनामा परी निधन भएपछि यो सिट रिक्त छ।

संविधानको धारा ८९ (च) र धारा १८० (च) बमोजिम स्थान रिक्त भएको जानकारी संघ र प्रदेश सचिवालयबाट प्राप्त गरेपछि निर्वाचन आयोगले सरकारको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो।

रिक्त भएको सांसद पदको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 

बझाङ प्रदेश ‘क’ मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित निर्वाचित भएका थिए। उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो। यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६, राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका थिए। प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन।


पालिकाभित्रका रिक्त पदमा छैन निर्वाचनको टुंगो
प्रतिनिधिसभा र प्रदेश सभाको रिक्त स्थानमा उपचुनावको मिति घोषणा गरेको आयोगले स्थानीय तहभित्रका रिक्त स्थानमा तत्काल उपनिर्वाचन नहुने जनाएको छ। स्थानीय तहको रिक्त स्थानमा उपनिर्वाचनको मिति आयोगको परामर्शमा सरकारले तोक्छ।

सुदूरपश्चिमका विभिन्न पालिकाभित्र उपाध्यक्षदेखि वडा अध्यक्षसम्म गरी पाँचवटा पद रिक्त छन्। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ।

प्रतिक्रिया