Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०५:४७

शैल्यशिखरमा एमालेको अधिवेसन सम्पन्न, अध्यक्षमा रणबहादुर खत्रीको निरन्तरता

सम्बाददाता सम्बाददाता
सोमबार, फागुन १४, २०८०
शैल्यशिखरमा एमालेको अधिवेसन सम्पन्न, अध्यक्षमा रणबहादुर खत्रीको निरन्तरता

दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा (एमाले) को दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । नगर कमिटी अध्यक्ष रणबहादुर खत्रीको अध्यक्षता र एमाले दार्चुलाका इन्चार्ज सहदेब बोगटीको प्रमुख आतिथ्यतामा फागुन १३ गते उद्घाटन भएको दोस्रो नगर कमिटी अधिवेसन ४३ सदस्यिय कमिटी चयन गर्दै सम्पन्न भएको हो ।

अधिवेसनबाट रणबहादुर खत्रीको अध्यक्षतामा कमिटी निर्वाचित भएको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा मानसिंह खडायत, सचिवमा मनोरथ जोशी, उपसचिवमा दिपक बहादुर पाल र बसन्ती कोली निर्वाचित हुनुभएको छ ।

निर्वाचित कमिटीलाई आज विहान पद तथा गोपनियताको सपथ ग्रहण गराइएको  एमाले जिल्ला कमिटी उपसचिव, शैल्यशिखरका इन्चार्ज कर्णबहादुर खडायतले बताउनुभयो ।

यस्तै लेखा समितिको अध्यक्षमा कल्यानसिंह धामी, उपाध्यक्षमा नरेन्द्र साउँद, सचिवमा गोपालसिंह गोयला र सल्लाहकार समिति अध्यक्षमा देबसिंह डागा, सचिवमा परमानन्द कपाडी निर्वाचित भएका छन् ।

अधिवेसनको उद्घाटन सत्रमा एमाले प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटीका सबै पदाधिकारीसहित सदस्यहरुको आतिथ्यता रहेको थियो । बन्द सत्रबाट नेतृत्व चयन गरिएको हो ।

एमालेले जिल्ला अधिवेसन सम्पन्न गरेपछि सबै पालिकामा पालिका कमिटी अधिवेसन आयोजना गरिरहेको छ । यही फागुन ११ गते व्याँस गाउँपालिकामा भएको व्याँस गाउँ कमिटीको अधिवेसनबाट निर्मला धामीको अध्यक्षतामा ४१ सदस्यिय पालिका कमिटी चयन गरिएको छ ।

यस्तै फागुन १० गते दुहुँ गाउँपालिकामा उदयसिंह बडालको अध्यक्षतामा ३९ सदस्यिय कमिटी चयन गर्दै एमालेको पालिका अधिवेसन सम्पन्न भएको छ भने फागुन ७ गते पुष्पराज जोशीको नेतृत्वमा ३९ सदस्यिय कमिटी चयन गर्दै अधिवेसन सम्पन्न भएको छ ।

फागुन १४ गते आज नौगाड गाउँपालिकामा पालिका अधिवेसन आयोजना हुदैछ । सबै पालिकाको अधिवेसन सम्पन्न गरेर वडा र टोलमा समेत अधिवेसन आयोजना गर्ने तयारी रहेको नेकपा (एमाले) दार्चुलाका सचिव उमेश जोशीले बताउनुभयो ।

प्रतिक्रिया