Wide Nepal News सोमबार १७, बैशाख २०८१ ११:४५

पञ्चेश्वरमा महाकाली करिडोरको ट्र्याक खोल्ने काम ९० प्रतिशतः “समृद्धिको ढोका खुल्दैछ”

सम्बाददाता सम्बाददाता
मङ्गलबार, फागुन १५, २०८०
पञ्चेश्वरमा महाकाली करिडोरको ट्र्याक खोल्ने काम ९० प्रतिशतः “समृद्धिको ढोका खुल्दैछ”

सुदूरपश्चिमको गेम चेन्चर परियोजनाको रुपमा हेरिएको महाकाली करिडोरको पञ्चेश्वर गाउँपालिका क्षेत्रमा धमाधम काम भइरहेको छ । पञ्चेश्वर गाउँपालिका क्षेत्रमा यस परियोजनाको ६५ किलोमिटर सडक रहने छ । 
गाउँपालिकाका अनुसार पञ्चेश्वर क्षेत्रमा करिब ९० प्रतिशत ट्र्याक खोल्ने काम भइसकेको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले जानकारी दिए  । ‘रोडीदेवलमा चट्टान लागेको छ, त्यहा पनि कटिङको लागि विस्फोटक पदार्थको परिपुर्ती गरिदैछ, वडा नं ५ र ६ मा मात्रै जोडिनु बाँकी छ, यही आर्थिक वर्षमा पञ्चेश्वर गाउँपालिकामा यसको ब्रेकथ्रू हुन्छ,’ अध्यक्ष चन्दले भने । 

आर्थिक, व्यापारीक, पर्यटकीय र विकासका हिसावले यो परियोजनाका निकै महत्वपूर्ण रहेको गाउँपालिका अध्यक्ष चन्दको भनाइ छ । ‘हिमाल पहाड र तराई जोड्ने यो मार्गले यहाँको धेरै परिवर्तन ल्याउछ,’ अध्यक्ष चन्द भन्छन् ‘रोजगारीका अवस सिर्जना हुनेछ, पञ्चेश्वर गाउँपालिकामा कायाकल्प हनेछ ’।  

यस परियोजनालाई अघि बढाउनको लागि बेला बेला संघीय सरकार र परियोजनाको कार्यालयसँग बेलाबेला समन्वय भइरहने गरेको उनको भनाइ छ । ‘म निर्वाचित भएदेखि नै यस विषयमा सबै निकायमा लगातार समन्वय गर्दै आएको हु, अहिले आएर ब्रेकथू्र हुन गइरहेको छ,’ ।

सुदूरको समृदिको महत्वपूर्ण ढोकाको रुपमा हेरिएको यो परियोजनाले बैतडीको तल्लो स्वराड क्षेत्रलाई निकै फाइदा पुग्ने विश्वास गरिएको छ । 

पञ्चेश्वर गाउँपालिकाले पनि आफ्ना साखा सडक निर्माण गर्दा करिडोरसँग जोडी रहेका छ । गाउँपालिका क्षेत्रभित्रको करिडोरसम्म साखा सडकको विस्तार गरेको छ । 

कञ्चनपुरको ब्रह्मदेवबाट दार्चुलाको उत्तरी नाका तिंकर भञ्ज्याङसम्मको चार सय १३ किलोमिटर सडक १३ वर्षदेखि निर्माणाधीन छ । बैतडी जिल्लामा  १४४ किलोमिटर सडक पर्ने छ । 

नेपाल–भारत र चीनसितको त्रिदेशीय नाकाका रूपमा विकास गर्ने योजनासहित अघि सारिएको यो करिडोर सम्पन्न भएमा समृद्धिको ढोका खुल्ने बताइएको छ । 

प्रतिक्रिया