Wide Nepal News https://widenepalnews.com Wide Nepal News - Wide Nepal News en-US hourly 1 Copyright 2024 Tue, 18 Jun 2024 17:47:01 +0545 बजेट ल्याउने चटारोमा सुदूरपश्चिमका स्थानीय तह, तर ५३ पालिकामा छैनन् ‘हाकिम’ https://widenepalnews.com/news/1069 Tue, 18 Jun 2024 16:56:05 +0545 https://widenepalnews.com/news/1069  स्थानीय तहहरुले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान छ।

निर्धारित समयमै बजेट ल्याउन सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरु पनि सक्रिय भएर लागेका छन्। एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी कुल ८८ स्थानीय तह रहेको सुदूरपश्चिममा आगामी बजेट ल्याउन जनप्रतिनिधि, कर्मचारीसँगै सरोकार राख्ने निकाय यतिबेला घनीभुत छलफल र बजेट निर्माणमा केन्द्रित छन्।

तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणअनुसार सुदूरपश्चिमका ५३ पालिकामा भने प्रमुख प्रशासकीय अधिकृत (हाकिम) छैनन्। ती पालिका निमिक्तको भरमा चलेका छन्। पालिकाको सभा र कार्यपालिकाको सचिवका रूपमा कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृतले गर्ने हो।

तर यहाँका अधिकांश पालिकामा प्रमुख प्रशासकीय रिक्त हुँदा पालिकाका निर्णय प्रक्रिया, वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा, अनुगमन, मूल्यांकन, आर्थिक कारोबार, खरिदलगायतका प्रक्रिया प्रभावित बन्ने गरेको छ। तोकिएको पदअनुसारको कर्मचारी खटनपटन नगरिँदा स्थानीय तहमा बेथिति पनि चुलिएर गएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र पालिकाहरूले बजेट ल्याउनुपर्ने हुन्छ।

जसमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुन्छ। स्रोत अनुमान तथा तथा बजेट सीमा निर्धारण समितिको सदस्यसचिव नै प्रमुख प्रशासकीय अधिकृत हुन्छ। त्यस्तै, बजेट तथा कार्यक्रम तर्जुमा समितिको सदस्यका रूपमा पनि प्रमुख प्रशासकीय अधिकृतले काम गर्छ। त्यस्तै, आर्थिक वर्षको अन्तमा ठूलो भुक्तानी गरिँदा त्यसमा अनियमितता हुने गरेका छन्। भुक्तानी र जथाभावी निर्णय रोक्नमा पनि प्रमुख प्रशासकीयको भूमिका महत्वपूर्ण हुन्छ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को दफा ३० को उपदफा ७ मा प्रदेश तथा स्थानीय तहको विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको खर्च शीर्षकको हकमा बाहेक अन्य बजेट शीर्षकअन्तर्गत भुक्तानी दिनुपर्ने रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिनअघि भुक्तानी दिई लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। भुक्तानीको अवधि अब एक महिनाभन्दा कम छ। तर, यस्तो अवस्थामा पनि प्रमुख प्रशासकीय नहुँदा बेथिति बढ्ने जोखिम छ। यसमा महालेखाको पछिल्लो प्रतिवेदनले पनि प्रश्न गरेको छ।


सुदूरपश्चिममा रिक्त रहेका नगरपालिका
बुंगल, बडिमालिका, बुढीनन्दा, बुढीगंगा, त्रिवेणी, मंगलसेन, कमलबजार, साँफेबगर, पञ्चदेवल विनायक, दिपायल–सिलगढी, शिखर, टीकापुर, लम्कीचुहा, शैल्यशिखर, महाकाली, दशरथचन्द, मेलौली, पाटन, पुर्चौडी, अमरगढी, परशुराम, बेलौरी, वेदकोट, पुनर्वास र दोधारा–चाँदनीमा प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रिक्त देखिएको छ।


रिक्त रहेका गाउँपालिका
गौमूल, स्वामीकार्तिक, हिमाली, गजन्नाथ, चौरपाटी, मेल्लेख, रामारोशन, बान्निगढी जयगढ, ढकारी, तुर्माखाँद, सायल, बोगटान फुङ्सिल, खप्तडछान्ना, मष्टा, बित्थरचिर, साइपाल, छबिसपाथिभेरा, तलकोट, दुर्गाथली, सुर्मा, अपि हिमाल, दुहुँ, मार्मा, ब्याँस, शिवनाथ, पञ्चेश्वर, डिलासैनी र दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविहिन छन्।

]]>
सुदूरपश्चिममा यी धार्मीक र पर्यटकीय क्षेत्रको विकास गर्न छुट्याइयो ८ करोड https://widenepalnews.com/news/1068 Tue, 18 Jun 2024 16:52:08 +0545 https://widenepalnews.com/news/1068 सुदूरपश्चिम प्रदेशको धार्मीक र पर्यटकीय क्षेत्रको विकास गर्न ८ करोड बजेट विनियोजन गरिएको छ।

यहाँका प्रमुख पर्यटकीय क्षेत्र बडिमालिका, खप्तड, रामारोशन, मालिकार्जुन, गोदावरी धाम, मालिकार्जुन क्षेत्रको धार्मीक पर्यटकीय विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो। शुक्लाफाँटा, शैलेश्वरी मन्दिर, अपि शैपाल, बेहडाबाबा, अजमेरुकोट, महाभारत लेक, बडिकेदार, बैद्यनाथ धाम, भम्मकेनी धाम, घोडाघोडी ताल, उग्रतारा मन्दिर, सुर्मादेवी, टीकापुर पार्क, मेलौली भगवती, त्रिपुरा सुन्दरी, गर्भा दरबार, सिगास धाम र बतासे झरना लगायत धार्मीक एवं पर्यटकीय क्षेत्रको विकास गर्न ८ करोड बजेट विनियोजन गरिएको छ।

यसका साथै सुदूरपश्चिमका नौवटै जिल्ला अन्तर्गत विभिन्न धार्मीक एवं प्राकृतिक स्थलहरुमा पर्यापर्यटन प्रवद्र्धनका गर्न सम्वन्धित स्थानीय तहबाटै कार्य सञ्चालन हुने गरेर सर्सत अनुदान स्वरुप २८ करोड १२ लाख बजेट विनियोजन गरिएको छ। साथै प्रादेशिक पर्यटन महोत्सवका लागि समेत प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका र डोटीको पुर्वीचौकी गाउँपालिका अन्तर्गत नक्षत्र बाटिका र कैलालीको गौरीगंगामा हर्बल पार्क निर्माणका लागि समेत बजेट विनियोजन गरिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले बताए। आगामी आर्थिक वर्षका लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कुल २ अर्ब ४ करोडको बजेट प्राप्त गरेको छ।

]]>
चमेलिया नदी स्वच्छताका लागि साझा प्रतिबद्धता सहित सम्पन्न भयो चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्टिय काव्य गोष्ठि https://widenepalnews.com/news/1067 Tue, 18 Jun 2024 08:47:43 +0545 https://widenepalnews.com/news/1067 ४० डिग्रीको चर्को गर्मी । चर्को गर्मीमा अन्तर्राष्ट्रिय स्रष्टाहरुको जमघटबीच बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा चर्मण्वती साहित्य सम्मेलन तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीको चहलपहल रह्यो ।

नेपालका मात्र नभई भारत उत्तराखण्ड,सिक्किम, उत्तरप्रदेश, लगायत स्थानका साहित्यकार तथा लेखकहरुको उपस्थितिले चर्को गर्मीलाई छहारी दिइरहेको थियो । जेष्ठ शुक्ल दशमी गंगादशहराको दिन भएको कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक क्षेत्रका अगुवा एवं पत्रकारहरुको उपस्थिति बाक्लै थियो ।

चमेलिया अर्थात चर्मणवती नदी किनार गोकुलेश्वरमा भएको भेलालाई चाखपूवर्क हेरिएको छ । राष्ट्रियता संरक्षण अभियानको आयोजना र डिलाशैनी गाउँपालिकाको मुख्य प्रबर्धनमा सम्मेलन आयोजना गरिएको राष्ट्रियता संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले बताए ।

दार्चुलाको अपिहिमाल फेद भएर बग्ने चमेलिया नदी बैतडीको दशरथ नगरपालिका आइपुग्दा महाकालीमा मिलन हुन्छ । खासगरी नदी सभ्यता सरसफाई कसरी राख्न सकिन्छ । यसको पर्यावरणीय संरक्षण तथा स्थानीयले कसरी लाभ लिन सक्छन् भन्ने मुख्य विषय रह्यो ।‘चर्मण्वती सभ्यताको उजागर गर्ने र साहित्यका माध्यमबाट मित्रराष्ट्रहरुबीच सम्बन्ध सुधार गर्ने पनि कार्यक्रमको उदेश्य हो,’ लेखकले भने, ‘यो सम्मेलनले नेपालमा मात्र नभई भारतमा समेत मित्रता बढ्ने गर्छ ।’

सम्मेलनमा नेपालका तर्फबाट रमेश पन्त (मितबन्धु), जगदीश ओझा, गंगा बिष्ट, तीर्थराज पाण्डेय लगायतको सहभागिता छ । भने सीमावर्ती भारतका साहित्यकार डा. पिताम्बर अवस्थी, डा. अरुणप्रतापसिंह भदौरिया गायिका भगवती दनुपुरिया, कथक नृत्यकार गुरु हेमन्त महाराज लगायतको सहभागिता रहेको छ । डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले भने, यो साहित्य अनुरागीहरुको मात्र सम्मेलन होइन् । यसप्रति विश्वास भरोसा राख्नेहरुको लागि यो महत्वपूर्ण थलो हो ।

कार्यक्रममार्फत खासगरी दार्चुलाको अपिहिमाल, मार्मा, लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिका र बैतडीको डिलाशैनी, दोगडाकेदार, दशरथनगरपालिका लगायतलाई चमेलिया तटमा जोड्न खोजेका छौं । साँझा सरोकारको विषयमा हामीले कसरी काम गर्न सकिन्छ भन्ने हाम्रो ध्येय छ, अध्यक्ष जोशीले भने ।

सम्मेलन उद्दघाटन सत्रमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्त प्रमुख अतिथी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पन्तले भने, ‘साहित्यको कुनै सीमा हुँदैन् ।’ यस्ता सम्मेलनले यो क्षेत्रको सभ्यता चिनारीमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

उद्घाटन सत्रमा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठक, शैल्यशिखर नगरपालिकाका प्रमुख वियजसिंह धामी, अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहरा, लगायतको सहभागिता रह्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शैल्यशिखर नगर प्रमुख विजयसिह धामीले धार्मिक तथा तटीय क्षेत्रमा आयोजना हुने यस्ता सम्मेलन दुवैतर्पm समन्वय गरेर अघि बढ्दा अझै प्रभावकारी हुने धारणा राखे । शैल्यशिखरमा शैल्यशिखर धाम, जगतपुरि धाम जस्ता प्रसिद्ध तिर्थस्थलहरु रहेका कारणपनि यसको महत्व अझै बढ्ने उनको भनाई छ ।

अपिहिमाल गाउँपालिका अध्यक्ष भगतसिह ठेकरे बोहराले नदी साझा भएको भन्दै यसको व्यवस्थापन, संरक्षण गर्नमा सबैले जोड दिनुपर्ने बताए ।

सम्मेलनको उद्घाटन सत्रका वक्ताहरुले साहित्य सम्मेलनले यो क्षेत्रमा भाषा, साहित्य र सभ्यताको उत्थानमा सहयोग पुग्ने बताएका छन् ।

राति अवेरसम्म चलेको सम्मेलनमा विभिन्न साहित्यक प्रस्तुतिका साथै चर्मण्वती सभ्ययता, साहित्य र सीमाना लगायतका बिषयमा छलफल चलेको छ । यस्तै असार ३ गते बिहानैदेखि काव्य गोष्ठिमा सहभागि अतिथिहरुलाई सम्मानित गर्दै कार्यक्रमको समापन गरिएको छ ।

 

]]>