Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०६

5G आउदा हामीलाई कति खतरा छ ?

Wide Nepal News
बुधबार, जेठ १२, २०७८
फाइभजी टेक्नोलोजी ल्याउनलाई संसारको विभिन्न कम्पनीहरुले प्रतिस्पर्धा गरिरहेका छन् । चिनी कम्पनी ह्वावेले फाइभजी गियर बनाउन सबैभन्दा अगाडि छ तर कम्पनीको यो सफलतालाई धेरै देशहरुको टाउको दुखाइको विषय पनि बनेको छ । ह्वावेले फाइभजी प्रविधिमा सबैभन्दा बढी पेटन्ट दर्ता गर्ने कम्पनी पनि बनेको छ । २०१७ मा चीनमा एक National Intelligence कानुन पास गर्यो । जसले, National Intelligence को जरुरतको वेला चिनी कम्पनी र नागरिकहरुलाई सरकारको मद्दत गर्नुपर्छ । यदि ह्वावे सरकारले भनेजस्तो कुनै देशको जानकारी चिनी सरकारसँग साझेदारी गर्छ भने चिन यसको गलत फाइदा उठाउँन सक्छ । अरु बिकसित देशका कम्पनीहरूले पनि अनुसन्धान गर्दैछन् ह्वावेले अरु देशलाई कति खतरा छ ।
भविष्यमा हुन सक्छ कि युद्धमा पारम्परिक सेनाहरु नलड़लान, आउदो समयमा साइबर वार मतलव बिना कुनै गोलि चलाई कुनै एक देशले अर्को देशलाई पराजित गर्न सक्छ ।
यो डर छ कि,चीन फाइभजी नेटवर्कलाई वैकल्पिक हतियार बनाएर प्रयोग गर्नसक्छ । यदि यस्तो हुन्छ भने सबै देशहरु एउटा ठूलो साइबर हमलामा पर्न सक्छन र यो एक खतरनाक हुन सक्छ । फाइभजीमा तीव्र गतिको इन्टरनेट बाहेक अरु के के बदलिन्छ ? आउने समय फाइभजी को हो । अर्थात मोबाइल नेटवर्कको पाँचौं जेनेरेशन र यो पहिलाको मोबाइल नेटवर्कको भन्दा एकदमै फरक हुनेछ । ओनजीले हामीलाई एनालग फोन दियो, जसले गर्दा हामीले एकअर्कालाई कल गर्न सक्यौं । टुजी आउनाले सन्देश पठाउने र आवाज रेकर्ड गर्न सम्भव भयो । थ्रीजी स्मार्ट फोन र डिजीटलको सजिलो प्रयोगको लागि थियो । फोरजी सबै सुविधाहरु सजिलो उपयोगको लागि थियो । फोरजीले यी सबै सुविधाहरूको तीव्र गति लियो तर फाइभजी पृथ्वीबाट मंगल जानु जस्तै हो । यो तीव्र इन्टरनेट मात्र नभई एकदमै अलग हुनेछ । यो संसारमा मेसिन एकअर्कासँग कुरा गर्ने छन् । तपाईसँग कुरा गर्ने छन् । यो सम्भव गर्न कयौ एनटिनाहरु लगाउनुपर्छ । किनकि एकैसाथ लाखौ device हरु connectionको पर्खाईमा छन् । ताकि एकआपसमा तालमेल मिलाएर फैसला लिन सक्ने र हाम्रो जीवन सजिलो बनाउन सकुन् । यति सजिलो कि तपाईं सोच्न पनि सक्नु हुन्न । फाइभजीमा के छ :
  • फाइभजीमा आधारित स्मार्ट सहर
  • सस्तो फाइभजी फोन
  • Artificial स्वचालित मेसिनहरुको प्रयोग
  • औद्योगिक क्षेत्रमा टेक्नोलोजीको अत्याधिक प्रयोग
  • कृषि क्षेत्रमा  सेन्सर र ड्रोनको प्रयोग
  • रोबोटिक सर्जरी
  • सडक दुर्घटनामा कमी
  • फास्ट रेस्पोण्डर, फास्टर रेस्पोण्डर बन्न सक्छ
  • फाइभजीले तपाईंको वाईफाईलाई विस्थापन गरिदिनेछ
  • फाइभजी अल्ट्राफास्ट ल्यापटप
  • रियल टाइममा भिडियो गेम स्ट्रिमिङ
  • ह्याण्ड्सफ्री भीआर आदि
 

प्रतिक्रिया