Wide Nepal News बिहिबार ०६, मङि्सर २०८१ ०५:३३

दार्चुलामा स्थानीय तह वित्तिय संस्थागत स्वमूल्याकंनमा शैल्यशिखरद्धारा शिर्षस्थान दाबी

सम्बाददाता सम्बाददाता
सोमबार, माघ ०८, २०८०
दार्चुलामा स्थानीय तह वित्तिय संस्थागत स्वमूल्याकंनमा शैल्यशिखरद्धारा शिर्षस्थान दाबी

दार्चुलाका सबै स्थानीय तहले स्थानीय तह वित्तिय संस्थागत स्वमूल्याकंन (लिजा)मा प्रारम्भिक नतिजा पेस गरिसकेका छन् । 

जिल्लाका नौवटै स्थानीय तहले लिजाको नतिजा पठाएपछि जिल्ला समन्वय समितिले समेत आवश्यक पृष्ठपोषण पेस गरिसकेको निमित्त जिल्ला समन्वय अधिकारी गणेशबहादुर पालले बताए ।

पालिकाहरुले लिजामा दाबी गरेको अंक गाउँ नगर कार्यपालिकाबाट अनुमोदन गरेर पठाउनुपर्ने व्यवस्था छ । सबै पालिकाले नतिजा पेस गरिसकेको भएपनि महाकाली, मालिकार्जुन र व्याँसमा कार्यपालिकाले अनुमोदन गर्न बाँकी रहेको जिल्ला समन्वय समितीले जनाएको छ । 

सबै पालिकाले दाबी गरेको अंक हेर्दा शैल्यशिखर नगरपालिकाको सबैभन्दा बढी ८९.७५ प्रतिशत रहेको छ । यस्तै दोस्रोमा मालिकार्जुन गाउँपालिकाले ८६.२५ प्रतिशत अंक दाबी गरेको छ । नौगाड गाउँपालिकाले ८३ प्रतिशत, अपिहिमाल गाउँपालिकाले ८२.२५ प्रतिशत, दुहुँ गाउँपालिकाले ८०.७५ प्रतिशत अंक दाबी गरेका छन् । 

यस्तै व्याँस गाउँपालिकाले ७८.२५ प्रतिशत, लेकम गाउँपालिकाले ७६.२५ प्रतिशत, मार्मा गाउँपालिकाले ७३ प्रतिशत र महाकाली नगरपालिकाले ६२।५ प्रतिशत अंक दाबी गरेको उनले बताए ।

पालिकाहरुले आफुले गरेको काम तथा आफुसंग भएका कागजात, दस्ताबेजहरुको आधारमा अंक दाबी गरेपनि लिजाको गुणस्तर परीक्षण हुन बाँकी रहेको छ ।

दार्चुलाका सबै पालिकाले आफ्नो तर्फबाट लिजामा अंक दाबी गरिसकेको भएपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गुणस्तर परीक्षण हुन बाँकी रहेको जिल्ला समन्वय समिति दार्चुलाले जनाएको छ । 

पौस मसान्तसम्म पालिकाहरुले वित्तिय संस्थागत स्वमूल्याकंनगरी वेभसाइटमा प्रबिष्ट गरिसक्नुपर्ने र माघ मसान्तभित्र गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा सार्वजनिक गर्ने व्यवस्था रहेको छ ।

कसैले काम नगरिकनै, अपूर्ण काम वा फर्जी कागजसहित अंक दाबी पेस गरेको पाइएमा गुणस्तर परीक्षणको क्रममा अंक घटाएर वास्तविक नतिजा प्रकाशन गर्ने व्यवस्था रहेको जिल्ला समन्वय अधिकारी पालको भनाइ छ । 

प्रतिक्रिया