Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०३:३६

दार्चुलाका बजारमा व्यासको बुदीमा फलेको स्याउ, नेपालतर्फ बाटो नहुदाँ भारतीय बाटो हुदैं ढुवानी

सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक ०४, २०८०
दार्चुलाका बजारमा व्यासको बुदीमा फलेको स्याउ, नेपालतर्फ बाटो नहुदाँ भारतीय बाटो हुदैं ढुवानी

दार्चुलाको उत्तरी क्षेत्रमा रहेको व्यास गाउपालिका वडा १, बुदीमा फलेको स्याउ सदरमुकाम खलंगा सहित जिल्लाका विभिन्न स्थानमा पुगेको छ । 

कालापानी कृषि तथा पशुपालन फर्मले बुदीमा फलाएको स्याउलाई जिल्ला सदरमुकाम खलंगा सहित जिल्लाका विभिन्न स्थानमामा पु¥याए पछि अहिले विक्री वितरण भइरहेको हो ।

नेपाल तिर बाटो नभएपछि भारतको बाटो हुदैँ जिल्ला सदरमुकाम खलंगा पुगेको स्याउ विक्री वितरण भइरहेको फर्मका अध्यक्ष चरनसिंह बुढाथोकीले बताउनु भएको छ । विगत चार वर्षदेखि बारीमा लगाएको गालाफुजी रेडडेलिसियस जातको स्याउले फल दिन थालेपछि भारतीय सडक मार्ग हुदै स्याउँ जिल्ला सदरमुकाम खलंगा पु¥याएको उहाँले बताउनु भयो ।

अहिले फलेको स्याउको स्वाद र उत्पादन राम्रो रहेको छ । यो वर्षमात्रै बुदीको कालापानी फर्ममा ४० क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष बुढाथोकीले जानकारी दिनु भयो ।

यो मध्ये १५ क्विन्टलजति स्याउ जंगली जनावर भालु र चराचुरुङगीले नोक्सान गरेको उहाँले बताउनुभयो । 
व्यासँको बुदीबाट तत्काल ८ क्विन्टल जति स्याउ सदरमुकाम पु¥याएको र बाकी १० क्विन्टल स्याउ सदरमुकाम ल्याउने तयारी भइरहेको बताइएको छ । 

उत्पादन भएको स्याउ अहिले व्यापारीहरुलाइ सदरमुकामबाट २ सय रुपैया प्रतिकिलो तथा खुद्रा विक्रीका लागि २५० रुपैया प्रतिकिलोमा विक्री विरतण भइरहेको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।  व्यासँको बुदीक्षेत्रमा अहिले जम्मा ९ हजार बोट स्याउ लगाइएको छ । यसमध्ये यो वर्ष मात्रै ६ हजार ५सय बोटमा स्याउ फलेको फर्मका संञ्चालकहरुले बताएका छन ।

केही वर्षदेखि व्यावसायिक रुपमा स्याउ उत्पादन थालिए पनि जंगली जनावरले नोक्सानी गर्न थालेपछि मेहनत खेर गएको अध्यक्ष बुढाथोकीले गुनासो गर्नु भयो । स्याउ बारीमा रातदिन पहरा दिँदा समेत जंगली जनावरबाट बचाउन नसकिएको उनले बताउनु भयो । केही वर्षदेखि व्यासका स्थानीय किसान पनि व्यवसायिक रुपमा स्याउ उत्पादनमा जुटेका छन ।

जंगली जनावरको नोक्सानीबाट पीडित किसानलाई सरोकारवाला निकायले राहत दिनुपर्नेमा किसानले जोड दिएका छन् । दार्चुलाको अपि हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भइरहेको छ ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन दार्चुलाका अनुसार जिल्लाभर अढाई सय हेक्टर बढी क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गाउँमा फलेको स्याउका लागि यातायातको पहुँच नहुँदा बजार र ढुवानीको समस्या झेल्नुपरेको किसानको गुनासो छ ।

दार्चुलाको मौसम सुहाउँदो इटाली, गाला, फुजी, रोयल, डेलिसियस, गोल्डन डेलिसियस लगायत जातका स्याउको उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । दार्चुला तिङ्कर सडक निर्माण समयमै हुन सक्यो भने बुदीमा फल्ने स्याउ सुदूरपश्चिम भरि पु¥याउन सजिलो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया