Wide Nepal News शनिबार ०५, जेठ २०८१ ०३:२३

भण्डारी मन्त्री बनेपछि गृह जिल्ला बैतडीमा खुसीयाली

सम्बाददाता सम्बाददाता
सोमबार, पुष ११, २०७९
भण्डारी मन्त्री बनेपछि गृह जिल्ला बैतडीमा खुसीयाली

बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी मन्त्री बनेको खुसियालिमा गृह जिल्ला बैतडीमा दीप प्रज्वलन गरिएको छ । सोमबार भण्डारी नेपाल सरकारको मन्त्रीमण्डलमा नियुक्त भएपछि उनको गृह जिल्ला बैतडीमा दीप प्रज्वलन गरिएको अनेरास्ववियु बैतडीले जनाएको छ । 

भण्डारी पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहेको मन्त्रीमण्डलमा समावेश भएपछि खुसियालिमा बैतडीको पाटनमा दिप प्रज्वलन गरिएको अनेरास्ववियु बैतडीका उपसचिव सञ्जु भण्डारीले बताए। उनका अनुसार दीप प्रज्वलन कार्यक्रममा  युवा, विद्यर्थाी  बजार  व्यवसायी, एमालेका नेता तथा नगरबासीहरुको  सहभागियता रहेको थियो । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन गरिएको ८ सदस्यीय मन्त्रीमण्डलमा भण्डारीले मन्त्री पदको शपथ लिएका छन् ।

आज शितल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा मन्त्री भण्डारीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका हुन् । सोहिको  नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका भण्डारीले मन्त्री पदको शपथ ग्रहण गरेपनि मन्त्रालयको भने टुंगो लागेको छैन् भण्डारी मन्त्री भएसंगै जिल्लाको  विकासले  गति लिने आशा पलाएको छ । बैतडीले  पहिलो पटक पूर्ण मन्त्री पाएको हो ।

यस अघि केपि ओली नेतृत्वमा सरकारमा भण्डारी अर्थराज्य मन्त्री भएका थिए ।  मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा चयन भएका थिए ।

यसैबिच प्रचण्ड क्याबिनेटको पहिलो बैठक आज बसेको छ । नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले सार्वजनिक सेवा प्रवाहलाई सुगम, सरल र कम खर्चिलो र झन्झटमुक्त बनाउने निर्णय गरिएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै पौडेलले अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्रा सञ्चिति एवम् पूँजी बजारमा आएका गिरावटलाई गतिशील बनाउने पनि निर्णय गरिएको बतए । त्यस्तै, यस एक आर्थिक वर्षका लागि मन्त्रीहरुले वृद्धि भएको तलब नलिने निर्णय भएको पौडेलले बताए ।

यस्ता छन् बैठकका निर्णयहरु:

१. वित्तीय र मौद्रिक नीतिको सामान्जस्यपूर्ण कार्यान्वयनबाट अर्थतन्त्रमा देखा परेका तरलता संकुचन, उच्च ब्याजदर विदेशी मुद्राको संचितिमा परेको दवाव तथा पूजीबजारमा आएको गिरावटलाई संवोधन गरि अर्थतन्त्रलाई गतिशिल बनाउने ।

२.राजस्वको लक्ष्य प्राप्त गर्न चूहावटलाई कडाईका साथ नियन्त्रण गर्ने र यसका लागि राजस्व प्रशासनमा आवश्यक पुनसंरचना गर्ने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न , राजस्वको लक्ष्य प्राप्त गर्न एवं आर्थिक वृद्धि हासिल गर्न नीजि क्षेत्रसँग सहकार्य र सहयोगलाई वस्तुपरक रुपमा घनिभूत गराउने ।

३.सार्वजनिक खर्चमा मितव्ययीता कायम गर्ने , प्रतिकात्मक रुपमा यसै आर्थिक वर्षदेखि राष्ट्रसेवकमा भएका तलव वृद्धि , कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रीपरिषद्का सदस्यहरुले नलिने ।

४.नागरिकहरुलाई प्रदान गर्दै आएका आधारभूत सेवा बिषेशगरि राष्ट्रिय परिचय पत्र , बिद्युतिय राहदानी, सवारी चालक अनुमतिपत्र लगाएतका सेवा प्रवाहलाई सुगम सरल र कम खर्चिलो झण्झटमुक्त बनाउने , यसमा देखिने गरि सुधारका कामहरु तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने ।

५.विकास परियोजनाहरुको सार्वजनिक खरिद, परियोजनाहरुको निर्माण तथा सञ्चालनमा देखिएको ढिलाई , जिम्मेवारी पन्छाउने प्रवृति र निर्माण कार्यको गुणस्तरहिनता हटाउन, यस कार्यमा संलग्न हुने परियोजना प्रमुखलाई नै सबैभन्दा पहिले जिम्मेवार बनाउने र त्यसकै आधारमा वृतिविकास सुनिश्चित हुने गरि सार्वजनिक कानूनमा तत्काल सुधार गर्ने , विकास सम्बन्धी काममा तीव्रता दिन सो सम्बन्धी छुट्टै कानून संसदको आउने अधिवेशनबाट पारित गरि कार्यान्वयन गर्ने ।

नवगठित मन्त्रिपरिषदको पहिलो बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सूचना तथा सञ्चारमन्त्री नबनेसम्मलाई लामिछानेलाई प्रवक्ता जिम्मेवारी दिइएको हो ।

त्यस्तै, बैठकपछि नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताएका छन् ।

उनले आफूहरुको अगाडि थुप्रै जटिलता र चुनौतीहरु भए पनि गएको निर्वाचनको परिणमअनुसार मन्त्रिपरिषदले समेटेको बताए ।

‘हाम्रो अगाडि, देशको अगाडि पक्कै पनि चुनौतीहरु, जटिलताहरु छन् । तर यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा जस्तो परिणाम देखिएको छ त्यसलाई यो मन्त्रिपरिषदले समेटेको छ । र एउटा आशा जगाएको छ । हामीले भर्खरै पहिलो बैठक सक्यौं ।’, प्रधानमन्त्री प्रचण्डले थपे, ‘सबैभन्दा पहिलो कुरा त नेपालको अर्थतन्त्रको स्थितिलाई सुधार्ने, सुशासनतर्फ गम्भीर भएर अघि बढ्ने कुरा, सार्वजनिक सेवा प्रवाहमा जनताले सास्ती पाउने कुरामा ध्यान दिएर त्यसका समाधानका निम्ति केन्द्रीत भएर अघि बढ्ने संकल्प गरेका छौं ।’

स्वतन्त्रतापूर्वक कार्य गर्न सक्छु भन्ने लागेको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘केही गरौं भन्नेहरुकै टिम बनेको छ, त्यसकारण मलाई सहज लागेको छ ।

प्रतिक्रिया