Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ११:३१

दार्चुलामा प्राविधिक शिक्षा अध्ययनमा आकर्षण बढ्दो, अरु जिल्लाबाट समेत विद्यार्थी आउदैँ

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ २२, २०७९
दार्चुलामा प्राविधिक शिक्षा अध्ययनमा आकर्षण बढ्दो, अरु जिल्लाबाट समेत विद्यार्थी आउदैँ

दार्चुलामा पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीहरु आकर्षित हुन थालेका छन् । 

प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा विभिन्न संघसंस्थामा रोजगारीका अवसर सहजै पाइने भएकाले पनि जिल्लामा पछिल्लो समय प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढेको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले बताए । 

दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलामा पछिल्लो दुई वर्षको अवधिमा जिल्लाका विभिन्न विद्यालयहरुमा प्राविधिक शिक्षा अध्ययन हुने गरेको  हाल सम्म जिल्लाका १० वटा विद्यालयहरुमा प्राविधिक धारतर्फको पढाई हुने गरेको छ ।

हाल जिल्लामा प्राविधिक धारतर्फ मालिकार्जुन मावि धाप ,जनविकास मावि बारबाज, खण्डेश्वरी मावि क्षेत्तिमा सकारी अनुदानबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ९ देखि १२ सम्म पढाइ संञ्चालन गरेको शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले जनाएको छ ।

यस्तै जिल्लामा सिटिइभिटीबाट पनि प्राधिवधिक धारतर्फका कोर्षहरु संञ्चालन हुने गरेको बताइएको छ । जिल्लाको लेकम गाउँपालिका अन्तरर्गत पर्ने लटिनाथ मावि चन्दनपुर चौपतामा  १८ महिने कृषि जेटीए, पशु जेटिए, सिभिल सब उपरशेयर, ३ वर्षे कृषि डिप्लोमा र ३ वर्षे पशु डिप्लोमा पढाइने हुने गरेको छ ।प्राविधिक धारतर्फका विषयका अध्ययन हुन थालेपछि विद्यालयमा सुुदुरपश्चिम प्रदेश लगायत बाहिर जिल्लाका विद्यार्थीहरु पनि प्राविधि शिक्षा अद्यययनका लागि आउने गरेको विद्यालयका प्राचार्य केशवराज बिष्टले जानकारी दिए । 

यस्तै जिल्लाको महेन्द्र नमुना मावि खलंगामा प्राविधक धारतर्फ शिविल इन्जिनियरङको पढाइ हुने गरेको छ । यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाका दुई वटा विद्यालयहरु मालिकार्जुन मावि मड प्रेम नगर ,कृष्ण मावि डाडाकोटमा समेत प्राविधिक धारतर्फको पढाइने हुने गरेको छ । 

जिल्लाको व्यासँ गाउँपालिकमा पर्ने सम्पाल मावि सुन्सेरामा प्राविधिक धार तर्फको पढाइ संञ्चालन गर्न मानव शिक्षा विकास केन्द्रमा अनुमति माग गरिएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिकास्थित गोकुलेश्वर माद्यमिक विद्यालय गोकुलेश्वर लगायत अन्य विद्यालयहरुमा प्राविधिक धारतर्फको पढाइने हुने गरेको छ । 

जिल्लामा प्राविधिक शिक्षाको पहुँच सबै क्षेत्रमा पु¥याउने परियोजनाले गुणस्तरयुक्त तालिममा पहुँच वृद्धि गरी सीपयुक्त र रोजगारका लागि उपयुक्त जनशक्तिको आपूर्ति बढाउँदै लगिएको छ ।  जिल्लाभरी १ हजार भन्दा बढि विद्यार्थीहरु प्राविधिक धारतर्फ अद्ययन-अद्यापन भइरहेको यहाँका विद्यालयहरुले जनाएका छन । 

प्रतिक्रिया