Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०२

‘छोरी जन्माउने सबै पापी हुन्, म पापी बुबा हुँ’

Wide Nepal News
बुधबार, असोज १४, २०७७
बझाङमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षिया सम्झना कामीका बुवा बिकास भारतबाट आएका छन्। भारतबाट आएदेखि बिकास चैनपुरस्थित एक सानो बन्द कोठाभित्र छन्। जतिखेर पनि आँखाभरि आँशु आइरहन्छन्। रुँदै भन्दै थिए ‘छोरी जन्माउने सबै बुबा पापी हुन् । म पनि पापी बुबा हुँ। तीन हप्ता अगाडी मेरी छोरीले त्यताबाट स्यान्डल ल्याइदिनु है बाबा भनेकी थिइ। स्थानीय शेर कामी दाइको हातमा स्यान्डल पठाएको थिएँ। मैले पठाएका स्यान्डल पनि नलगाइ छोडेर गइ मेरी छोरी। फूलजस्ती छोरी त्यो पापीले चटक्कै चुँडेर लग्यो। उसका कति सपना थिए सबै अधुरै रहे। छोरीलाई नदेखेको ४ वर्ष पुग्यो।’ छोरीको बलात्कारी र हत्यारालाई कि त फाँसी कि त आजिवन जेलमा सडाए मात्रै मेरि छोरीले न्याय पाउँछ भन्दै छाती पिटिपिटी रोइरहन्छन् विकास। सम्झना १२ वर्षीया जेठी छोरी हुन्। त्यसपछि ४ बहिनी र एक भाइ छन् सम्झनाका। सम्झनासहित तीन बहिनी बाजे बज्यैसँग थिए भने दुई बहिनी र एक भाइ भारतमा बुबा आमासँग थिए । विकास गाउँमा गरिखाने वातावरण नहुँदा २०५८ सालमा भारत छिरेका थिए। त्यसपछि एउटा छोरीको आँखामा समस्या आउँदा धेरै खर्च भयो तर आँखा काम नलाग्ने गरी बिग्रीयो। दुखै दुखले भरिएको विकासको जीवनमा दैवले ठूलो ब्रजपात पारिदियो। फूलको कोपिला जस्तै फक्रिन लागेकी सम्झना बुबा र भाइलाई नदेख्न पाएर यो संसारबाट विदा भइन्। सम्झनाका लागि विकासका शब्द 'माफ गर्नू छोरी, म सबैभन्दा ठूलो अपराधी हुँ। मैले नै कसैले बलात्कार गरोस्, कसैले निर्मम तरिकाले हत्या गरोस् भनेर तँलाई जन्माएको रहेछु। त्यो मन्दिरभित्रको देवता जानोस्। मेरी छोरी त्यो पापीले थिचिकुटी बलात्कार गरेर मा¥यो। मन्दिरभित्र मेरी छोरी कति रोई होली ? कति चोटि त ए बाबा, ए आमा भनी होली तर म त उसको त्यो चिच्याहट सुन्ने अवस्थामा थिइनँ। म कसरी भनूँ रु के मैले आफ्नी छोरी घरमा बुबाआमासँग राख्न नपाइने हो रु के मैले त्यो पापीको सुन चोरेर ल्याएको थिएँ र मेरी छोरीको सुन लुट्न यत्रो दुस्साहस ग¥यो ? सरकार १ छोरीका लागि न्याय दिलाइ दे, होइन भने मेरो नागरिकता बुझाइदिन्छु। मलाई देशनिकाला गरिदे। यदि म यो देशको नागरिक हुँ, मेरी छोरीको लुटपाट, बलात्कार र हत्या हुँदा अपराधीलाई फासी हुने कानुन बनाइ दे। हामी बुबा पापी भइसक्यौँ, अब त अति भो। छोरीचेलीको जीवनलीला सकिन लाग्यो। अपराधी खुलेआम गाउँघरमा डुल्न थाले। हामी गरिब, दीनदुःखीका आवाज सुन्ने को छ ? हाम्रो रगतरपसिनाको महत्त्व बुझ्ने को छ ? मेरी छोरीको हत्यारा राजेन्द्र बोहरा नै हो। ऊ यदि हत्यारा होइन भने मेरी छोरीलाई मार्नुभन्दा एक हप्ताअगाडि ’कानका मुन्द्रा दे’ किन भन्यो ? किन मेरी छोरीलाई धम्क्यायो ? उसका अघिल्ला अपराध पनि धेरै छन्। मेरै घरभन्दा पल्लो घरकी एक बालिकालाई पनि उसले बलात्कार गरेर ‘बच्चा बसे म जिम्मा लिन्छु’ भन्दै कागज गरेर ५ सय रुपैयाँ दिएर घटना थामथुम पारेको छ। त्यो नरपिचासबाहेक मेरी छोरीको हत्यारा अरु कोही हुन सक्दैन। त्यसलाई प्रहरीले बाहिर निकालोस् न मात्र, जनकारबाही गर्छौं हामी। विकास गाउँमा गरिखाने वातावरण नहुँदा २०५८ सालमा भारत छिरेका थिए। त्यसपछि एउटा छोरीको आँखामा समस्या आउँदा धेरै खर्च गरे, तर आँखा काम नलाग्ने गरी बिग्रियो। दुःखैदुःखले भरिएको विकासको जीवनमा दैवले ठूलो वज्रपात पारिदियो। फूलको कोपिलाजस्तै फक्रिन लागेकी सीताले बुबा र भाइलाई देख्नै नपाई संसारबाट बिदा भइन्।'

प्रतिक्रिया