Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:१२

समीक्षा : कोरोना महाव्याधिसँग शैल्यशिखर नगरपालिकाको संघर्ष

Wide Nepal News
बिहिबार, बैशाख ०९, २०७८
सन् २०१९ मा विश्व वातावरणमा अस्ट्रेलियाको जंगलमा लागेको डढेलोले आक्रान्त पारिरहेको परिवेशमा एक वर्ष अगाडी चिनबाट फैलिएको नयाँ रोगले संसार थला पारिरहेको अवस्था थियो।विगत एक वर्ष देखि विश्वव्यापी रुपमा फैलीईरहेको कोभिड-१९ संक्रमणले जन-जीवन कष्ठकर बनाएको छ।सबभन्दा पहिले यो रोगको बिषाणु चीनको वुहान प्रान्तबाट पत्ता लागेको थियो। यो रोगको संक्रमण गराउने विषाणु “Corona” family को Virus  हो। विश्वमा यो जातिको भाइरस सन् १९६५ देखि नै पत्ता लागेको थियो।यस प्रजातिको भाइरसले सामान्य रुघाखोकी गराउने गर्दछ।हाल सम्म ७ प्रजातिका Corona  virus ले मानिसमा संक्रमण गर्दछ।
यसैगरी कोरोना भाइरसले चमेरो, ऊट, तथा घरपालुवा जनावरलाई पनि संक्रमण गर्ने गर्दछ।सन् २०१९ को डिसेम्बर महिनामा यो रोगको संक्रमण सबभन्दा पहिला चीनको वुहान प्रान्तबाट पत्ता लागेको हो।
 (COVID-19 = coronavirus disease 2019) रोगको परिचयः
यो एक प्रकारको कोरोना परिवारको भाइरसबाट हुने संक्रमणबाट लाग्ने श्वास-प्रश्वास सम्बन्धी रोग हो। यो रोगका बिषाणु जनावरबाट मानिसमा सरेको हो भन्ने भनाई बिद्यमान रही आएको छ।यो रोग एक प्रकारको अति संक्रामक रोग हो।यो रोगको संक्रमण गराउने विषाणु Corona Virus  हो। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिसकेपछि रोगको लक्षणहरु देखिने अवधि करिब केही घण्टा देखि केहि दिन सम्म (१-१४ दिन) रहन्छ।यो रोगको किटाणु हाम्रो वरिपरिको वातावरणमा सतहको प्रकार, तापक्रम, तथा वातावरणको आद्रताको आधारमा केहि घण्टा देखि धेरै दिन सम्म पनि बाँच्न सक्दछ।यो रोग लागिसकेपछि सामान्यतया धेरै जसो मानिसमा लक्षण बिहिन अवस्था रहन्छ भने ६ जना मध्ये १ जनामा चाँही गम्भिर लक्षण देखिन सक्छ। लक्षणहरुः १) यस रोगले सबभन्दा बढी स्वास-प्रश्वास सम्बन्धी लक्षणहरु देखाउछः- रुघा-खोकी लाग्ने (खासगरी सुख्खा खोकी), नाकबाट सिगाँन बग्ने, सास फेर्न गाह्रो हुने, नाकको वरिपरि रातो हुने, आदि। २) सामान्य जसो फ्लु जस्तो लक्षणहरु-- शरीर दुख्ने, थकाई लाग्ने, ज्वरो आउने (१०४ डिग्री भन्दा बढी), घाँटी दुख्ने, टाउको भारी हुने। ३) आकस्मिक लक्षणहरु: एक्कासी सास फेर्न गाह्रो हुने, लगातार वा सहन नसक्ने गरी छाती दुख्ने, ओठ वा मुख निलो हुने, अचानक चेतनामा कमी हुने (Altered Sensorium)  । ४) गम्भीर लक्षणहरुः- न्युमोनिया, गम्भीर शिघ्र श्वास-प्रश्वास सम्बन्धी लक्षण (SARS-Severe Acute Respiratory Syndrome), मृगौलाले काम नगर्ने हुने, अन्तमा मृत्यु पनि हुन सक्छ। रोग निको हुने दरः १) सामान्यतया यो रोग ८०% मानिसहरुमा सामान्य तवरको लाक्षणिक उपचारबाट निको भएर जान्छ।तेसैले कुनै विशेष प्रकारको उपचारको आवश्यकता पर्दैन। २)यो रोगले कम्तिमा ६ जना मध्ये १ जनामा गम्भीर प्रकारको संक्रमण देखा पर्न सक्छ भन्ने अनुमान गरिएको छ। ३) खास गरी बृद्व-बृद्वा अवस्थाका मानिसमा यदि पहिला देखि नै उच्च रक्तचाप, मुटु सम्बन्धी रोग, मधुमेह, क्यान्सर, जस्ता दीर्घ रोग बिद्यमान छन् भने यो रोगले गम्भीर अवस्था निम्त्याई बिरामीको मृत्यु पनि हुन सक्दछ। रोग सर्ने तरिकाः यो रोग खास गरी एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वास-प्रश्वासको माध्यम तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ। यो रोगबाट बच्ने उपायहरुः १) नियमित रुपमा साबुन-पानिले हात धुने वा अल्कोहल युक्त सेनिटाइजर (६० प्रतिशत) को प्रयोग गर्ने। २) खोक्दा तथा हाच्छ्युँ गर्दा नाक-मुख छोप्ने। ३) मासु तथा अण्डा राम्रो संग पकाएर खाने। ४) रुघा-खोकी लागेको व्यक्ति सम्पर्कबाट टाढा रहने तथा सामान्यतया रुघा-खोकी लागेमा चिकित्सकको सल्लाह लिने। ५) जंगली तथा घर-पालुवा जनावर, पशुपंक्षी सँगको असुरक्षित सम्पर्कबाट टाढा रहने। ६) भिडभाडमा नजाने, प्रत्यक्ष सम्पर्कबाट टाडा रहने। ७) मास्कको सही प्रयोग गर्ने। ८) तातो झोलिलो खानेकुरा तथा भिटामिन-सि प्रशस्त पाइने खानेकुरा सेवन गर्ने। ९) यदि संक्रमण भएको व्यक्ति छ भने कम्तिमा पनि २ मिटर (६ फिटको) को दुरी मा टाढा रहने। १०) आफुले प्रयोग गरिरहेको बस्तु, सतह (ढोकाको कुन्टी, बिजुलीको बटन, टेबल तथा काउन्टरको माथिल्लो सतह) लाई नियमित सर-सफाई गरिरहने। ११) आफ्नै आँखा, नाक, मुख लाई हात सफाई नगरीकन नछुने, तत्पश्चात पनि राम्ररी हात सफा गर्ने। १२) संक्रमित व्यक्तिको कुनै पनि सामान साटासाट नगर्ने, संक्रमित व्यक्तिलाई कुनै सामान दिनुपर्यो भने पञ्जा लगाएर दिने, सामाजिक दुरी कायम गर्ने, हावाको आवागमन राम्रो भएको छुट्टै कोठामा बस्ने व्यवस्था गर्ने। गर्न नहुने कुराहरु: १) एकै पटक धेरै मास्क वा अन्य कपडाले मुख नछोप्ने। २) भिड-भाडमा नजाने। ३) धुम्रपान सेवन नगर्ने। ४) चिसो मौसममा नजाने तथा चिसो खानेकुरा वा चिसो पेय-पदार्थ सेवन नगर्ने। नगरपालिका स्तरीय व्यवस्थापन : आर्थिक वर्ष ०७६/७७ को चैत्र महिनाको ६ गतेबाट शैल्यशिखर नगरपालिकाले कोरोना सम्बन्धी जनचेतना फैलाउनका लागि गोकुलेश्वर स्थित प्रहरी चेकपोष्ट नजिक तथा पँनेबाँज भन्ने ठाँउमा कोरोना हेल्थडेस्कको स्थापना गरियो।उक्त हेल्थडेस्कबाट जनचेतना फैलाउने, हात धुने बानी प्रति अभिप्रेरित गर्ने, पर्चा-पम्पलेट बाँड्ने,कोरोना सम्बन्धि जनचेतनामुलक आवाज बजाउने, मास्क बितरण गर्ने, थर्मल गनबाट ज्वरो नाप्ने, भारत तथा नेपालको विभिन्न ठाँउबाट आएका मानिसहरुलाई सुरक्षित गन्तव्य तिर पठाउने काम गरियो।साथै उक्त हेल्थडेस्कबाट प्राथमिक उपचारको साथै परामर्श सेवा प्रदान गरियो। सुरुको अवस्थामा गोकुलेश्वर स्थित बजार क्षेत्र तथा पँनेबाँज क्षेत्रमा मात्र कोरोना हेल्थडेस्क राखिएको अवस्थामा पछिल्लो समय २०७६ चैत्र ११ गतेबाट देशमा बन्दाबन्दी (Lockdown)  गरिएपछि यस नगरपालिकाको विभिन्न ठाँउमा कोरोना हेल्थडेस्क खोलिए।यी कोरोना हेल्थडेस्क शै.शि.न.पा.-६ को ग्वानी, शै.शि.न.पा.-५ को बगौरा बजार, तथा शै.शि.न.पा.-२ को रौतेउडा-धुलिगाडाको बोर्डरमा गरी जम्मा ५ ठाँउमा स्थापना गरिएका थिए। सुरु-सुरुमा सुरक्षा सामाग्रीहरुको अभाव तथा अपर्याप्तताले गर्दा कोभिड-१९ व्यवस्थापनमा धेरै गाह्रो भयो। कर्मचारी खटनपठन तथा भिडभाड व्यवस्थापन गर्न कठिनाई भयो।
मानिसहरुमा जनचेतनाको कमी तथा कोरोना सम्बन्धि जानकारी हुँदाहुँदै पनि व्यवहारमा नउतार्ने कुराले पनि अझै पनि चुनौती दिईरहेको छ। समग्र रुपमा भारतका विभिन्न ठाँउबाट सिमा नाका भन्दा बाहेकको बाटो बाट जोखिम तथा ज्यानको बाँजी लगाएर नेपाल प्रवेश गर्ने यस दार्चुला जिल्लाको विभिन्न गाँउपालिका तथा बैतडी, बझाङ्ग, डडेल्धुराका बासिन्दाहरु लाई यस नगरपालिकाले बास, गासको व्यवस्थापन गरी सम्बन्धित गन्तव्य तिर पठाउने काम गरेको थियो। सोही क्रममा नेपालको विभिन्न शहरमा अध्ययन तथा कामको शिलशिलामा रहेका र कोरोना त्रासदी पश्चात गाँउ फर्कने क्रममा यस नगरपालिकाले खाजा, नास्ताका लागि चाउचाउ, चिउरा, खानेपानी, मास्क आदि जस्ता खाद्य पदार्थहरु पनि वितरण गरेको थियो। साथै विभिन्न शहरमा अध्ययनको शिलशिलामा रहेका यस नगरपालिकाका बासिन्दा, बिद्यार्थीहरुको लागि गाडी बुकिङ्ग गरी यहाँ सम्म ल्याई पुर्याउने काम पनि गरियो।समय-समयमा नेपाल प्रहरी लगायतको टोली सँग सँगै कोभिड-१९ सम्बन्धीत माइकिङ्ग, पर्चा-पम्पलेट वितरण कार्य पनि गरियो। देशमा लकडाउनको अवस्था कडा पारिदै गर्दा र कोभिड-१९ रोगको विश्व-व्यापी रुपमा संक्रमणका साथै मृत्युदर पनि उच्च रहेको सन्दर्भमा यस नगरपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, सुदुरपश्चिम प्रदेश, तथा स्वास्थ्य कार्यालय, दार्चुलाको नीति, निर्देशन, मापदण्डका साथै सहकार्य बमोजिम मिति २०७६/१२/१४ गतेबाट क्वारेन्टाईनको व्यवस्थापन गरियो।सुरु सुरुमा देशको जुनसुकै ठाँउबाट आएको व्यक्तिलाई क्वारेन्टाईनमा राख्ने प्रावधान थियो।पछि भारत लगायत तेस्रो मुलुकबाट आउने व्यक्तिलाई संस्थागत क्वारेन्टाईनमा अनिवार्य रुपमा राख्ने व्यवस्था बमोजिम शैल्यशिखर नगरपालिकाले विभिन्न ठाँउमा संस्थागत क्वारेन्टाईनको स्थापना गर्यो। उक्त क्वारेन्टाईनमा मानिसहरुलाई बस्ने, खाने, नुहाउने तथा सर-सफाई जन्य सामाग्रीहरुको व्यवस्थापन गरियो।
क्वारेन्टाईन व्यवस्थापनमा खाना पकाउने, खाना खुवाउने, सर-सफाई गर्ने, स्वास्थ्य परीक्षण गर्ने, सुरक्षा दिने सुरक्षाकर्मीहरुले अहम भूमिका निर्वाह गरको थियो।साथै कोरोना नियन्त्रण तथा रोकथामका लागि बनेको विपद व्यवस्थापन समितिले कोभिड-१९ व्यवस्थापन, नियन्त्रण तथा निर्देशन गर्नमा सहज वातावरण बनायो।क्वारेन्टाईनमा बस्ने व्यक्तिहरुमा मनोसामाजिक समस्या नदेखिए पनि सामाजिक डर त्रास सामान्य रुपमा रह्यो।
क्वारेन्टाईनमा सामान्यतया १४ दिन सम्म राख्ने मापदण्ड भएतापनि कोभिड-१९ पोजेटिभ रिजल्ट आएपछि थप १४ दिन तथा कसै कसैलाई जोखिमको अवस्थालाई मध्यनजर गर्दै ७-१० दिन थप गरी आइसोलेसनमा राखियो।यस शैल्यशिखर नगरपालिकामा भारत लगायत तेस्रो मुलुकबाट आई घरतिर पसेका बासिन्दाहरुलाई Sampling को रुपमा सबभन्दा पहिला पि.सि.आर. स्वाब संकलन मिति २०७६/१२/२९ गतेका दिन काठमाण्डौं बाट सेनाको हेलिकोप्टरबाट आएका प्राविधिक तथा यस नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुले संकलन गरे।उक्त स्वाबहरु काठमाण्डौं लगेर एक हप्ता पश्चात रिजल्ट आउदा सबै जनाको रिजल्ट सन्तोषजनक (नेगेटिभ रिजल्ट) आयो।क्वारेन्टाईन संचालन तथा व्यवस्थापनका क्रममा पछिल्लो समय सुदुरपश्चिमको सेति प्रादेशीक अस्पतालमा PCR Lab संचालन भएपछि संकलन गरिएका स्वाबहरु तेतै पठाउन सहज भयो।तत्पश्चात सुदुरपश्चिमको विभिन्न ठाँउमा PCR Lab संचालन गरिए।क्वारेन्टाईन अवधिमा सुरुमा Antigen – Antibody Test लाई नेपाल सरकारले व्यापक बनाएको थियो।पछि अध्ययन तथा विश्वसनीयताका आधारमा तोकिएका मापदण्ड बाहेक पि.सि.आर. स्वाब नै संकलन गर्ने भन्ने निर्देशन भयो।यस शैल्यशिखर नगरपालिकाले सबभन्दा पहिला शै.शि.न.पा.-०१, बलाँच बाट क्वारेन्टाईन संचालन गरेको थियो। त्यसपछी लगत्तै शै.शि.न.पा.-०९ स्थित गोकुलेश्वर बहुमुखी क्याम्पस र गोकुलेश्वर मा.वि. बाट क्वारेन्टाईन सेवा संचालन गरिए।
समय बित्दै जादा भारत तथा नेपालकै विभिन्न ठाँउबाट एक्कासी रुपमा बढी मात्रामा मानिसहरु आउन थाले पछि यस नगरपालिकाले अन्य क्षेत्रमा पनि क्वारेन्टाईन बिस्तार गर्यो।सुरुमा संचालनमा रहेका ३ वटा क्वारेन्टाईन बाट बगौरा, ओखडानी तथा ग्वानी गरी ३ ठाँउमा थप क्वारेन्टाईन सेवा बिस्तार भएपछि जम्मा ६ वटा स्थानबाट क्वारेन्टाईन सेवा विस्तार गरियो।साथै कोभिड-१९ संक्रमण देखिएका व्यक्तिहरुलाई राख्न नगरपालिकाले शै.शि.न.पा.को पुरानो भवन तथा गोकुलेश्वर अस्पतालमा आइसोलेसनको कक्ष राखिएको थियो।उक्त आईसोलेसन कक्षबाट कोभिड-१९ संक्रमित लाई राखी निगरानीका साथै व्यवस्थापन गरियो।आईसोलेसनबाट वहाँहरुलाई नियमित स्वास्थ्य जाँच, औषधिमुलो, तातो पानीको व्यवस्थापन, बस्ने-खाने-सर-सफाईका सामाग्रीहरु प्रदान गरियो।सोही क्रममा क्वारेन्टाईनमा बसेका मानिसहरुलाई स्वास्थ्य कर्मीहरुबाट नियमित स्वास्थ्य जाँच तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। सुरक्षाकर्मीहरुबाट पनि आवश्यक परामर्श तथा सुरक्षा प्रदान गरिएको थियो।
(लेखक  : चक्र सिंह कार्की, जनस्वास्थ्य शाखा प्रमुख शैल्यशिखर नगरपालिका, दार्चुला ।)

प्रतिक्रिया