Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०१:५७

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र सामाजिक दायित्व

Wide Nepal News
मङ्गलबार, बैशाख २१, २०७८
अहिलेको परिवेशमा कोरोना महामारीले गर्दा विश्वका सबै मानवजाति नै आक्रान्त भएको अवस्था छ । कुनै ठाउमा भोकमरी त कतै संक्रमित बिरामीहरुले उपचार नपाएर तड्पिरहेका छन । तिनै संक्रमितलाई बचाउन भोक, तिर्खा, आराम र निद्रा नभनिकन आफ्नो ज्यान जोखिममा पारेर लागीपरेका छन स्वास्थ्य क्षेत्रका हिरोहरु अर्थात स्वास्थ्यकर्मीहरु । यसै शिलशिलामा कतिपयले त आफ्नो ज्यान समेत गुमाईरहेका छन । आजका दिनसम्म आएर कोरोना संक्रमित बिरामीहरुको सङ्ख्या धेरै बढी सकेको अवस्था छ, जसले गर्दा सबै कोरोना संक्रमितहरुलाई विशेष उपचारमा समाहित गर्न अत्यन्तै कठिन भइरहेको छ । नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने नेपालको जनसंख्याको तुलनामा संक्रमितहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइराखेको यस बेलामा हामीहरुलेआफ्नो तर्फबाट बिशेष सावधानी अपनाउनु आवश्यक छ । यसै क्रममा अस्पताल वा कोरोना भएको क्षेत्रमा काम गर्ने भएर नै कतिपय स्वास्थ्यकर्मीहरुले अपहेलित र घृणित भएर बस्नु परेको छ, समाजबाट बहिस्कृत हुनुपरेको छ । तर यो कुनै पनि अवस्थामा राम्रो होइन । हरेक स्वास्थ्यकर्मीले समुदाय र राष्ट्रका सबै नागरीक स्वस्थ र कोरोना मुक्त रहुन भन्ने चाहन्छन । बरु कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई हौसला र साहस दिनुपर्छ । उनिहरुको मनोबल बढाउने कृयाकलाप हरु गर्नुपर्छ । अबको खुडकिला भनेको आफु र आफ्नो परिवारलाई कसरी बचाउने भन्ने नै हो । कोरोना भाइरसबाट बच्न निम्न ६ प्रकारका रोकथामका उपायहरु अपनाउनुहोस  १) आफ्नो हातमा हुनसक्ने भाईरसलाई मार्न आफ्नो हात नियमित रुपमा र राम्रोसङ्ग अल्कोहोलयुक्त सेनिटाईजरले अथवा साबुन पानीले धुनुहोस । २) खोकीरहेको अथवा हाछ्चु गरिरहेको ब्यक्तिबाट आफुसङ्ग कम्तिमा १ मिटर (३फिटको) दुरी बनाउनुस । ३) आफ्नो आँखा, नाक र मुख नछुनुहोला किनकि हातहरुले धेरै ठाँउहरु छुने हुनाले भाईरस उठाउन सक्छन । ४) राम्रोसित आफ्ने श्वासप्रश्वास स्वच्छता आपनाउनुहोला । यो भन्नाले खोक्दा अथवा हाच्च्युगर्दा आफ्नो मुख र नाकलाई आफ्नो कुहिनाले छोप्नुहोस । ५) आफू अस्वस्थ्य महसुस गर्नुभएमा घरमै बस्नुहोला । तपाईलाई ज्वोरो, खोकी र सास फेर्न गाह्रो भएमा चिकित्सकको परामर्श लिइहाल्नुहोस, आफ्नो स्थानिय स्वास्थ्य संस्थाले जारी गरेका सुझावहरुको पालना गर्नुहोला । ६) कोरोना भाइरससित जोडिएका सत्यतथ्य खबरसित हरेक बेला जानकार रहनुहोला । आफ्र स्वास्थ्य संस्थाका चिकित्सक वा स्वास्थ्यकर्मीले दिएको सल्लाह अपनाउनुहोस, कोरोना भाइरसको संक्रमणबाट आफू पनि बचौँ, अरुलाई पनि बचाऔँ । यो समय सामुदायलाई कसरी कोरोना संक्रमण बाट बचाउन सकिन्छ भनेर सोच्ने समय हो । आजैदेखि आफू बाटै सुरु गर्नुहोस । यसबाट सतर्क रहनुहोस, सचेत रहनुहोस, आफ्नो मनोबल उच्च राख्नुहोस । नआत्तिनुहोस । आत्मबल बलियो बनाउन नियमित ब्यायाम गर्ने ,चिन्ता होइन चिन्तन गर्ने, सन्तुलित खानेकुरा र सकारात्मक सोच र स्वास्थ्यका मापदण्ड पालना गरेमा हामी कोरोनालाई सजिलैसित जित्न सक्छौ । लेखक : रामदत्त बिष्ट दार्चुलाको गोकुलेश्वर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन ।

प्रतिक्रिया