Wide Nepal News आइतबार २३, भदौ २०८१ ०९:१८

सिद्ध-मकरीकोट पदमार्ग : पर्यटक भन्छन्, 'वाह ! द ग्रेटवाल अफ नेपाल’

Wide Nepal News
शुक्रबार, बैशाख २४, २०७८
गत बैशाख महिनाको दोस्रो साता नेपालका लागि फिनल्याण्डका राजदुत पेर्ती आन्तितेन र नेपालका लागि युरोपली संघका राजदुत नोना डेप्रेन, फिनल्याण्डका राजदुतका बरिष्ठ सल्लाहकार चुडामणी जोशी लगायतका स्वदेशी तथा विदेशी अधिकारीले अपिहिमाल गाउँपालिका र मार्मा गाउँपालिकाका भ्रमण गरेका थिए । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सञ्चालन गरेको खानेपानी तथा सरसफाई योजनाको उद्घाटनको लागि पुगे पनि उनीहरुको भ्रमणको क्रममा पर्यटन क्षेत्रको सम्भाव्यताको बारेमा समेत छलफल समेत गरे । स्थानीय तहका जनप्रतिनिधिले समेत विदेशी राजदुतसँग पर्यटन क्षेत्रमा केही गर्न सकिन्छ, यो क्षेत्रको प्रचार प्रसारमा सहयोग गर्न राजदुतहरुलाई आग्रह गरे पछि राजदुतहरुले पनि अपिहिमाल पर्यटकीय दृष्टिकोणले राम्रो भएको प्रतिक्रिया दिए । हिमालहरु राम्रा छन्, सुन्दर वातावरण, आतिथ्य सत्कार राम्रो हुँदै गएको छ, राजदुतहरुको प्रतिक्रिया थियो । अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने अपि हिमाल गाउँपालिका पर्यटकीय सम्भावना बोकेको क्षेत्र पनि हो । सुदूरपश्चिमकै अग्लो अपिहिमाल, नाम्पा, कायकोर, कापुचुली, क्षेत्तीगाउँ लगायतका हिमाल तथा जडिबुटी, वन्यजन्तु तथा कला संस्कृतिले पनि यो क्षेत्र पर्यटकको लागि रोजाई बन्न सक्छ । पर्यटकलाई नै लक्षित गर्दै अपिहिमाल गाउँपालिकाको पहिलो गाउँ सभाबाट गाउँपालिकाले महत्वकांक्षी बोकेको सिद्ध मकरीकोट पदमार्ग निर्माण थालेको छ । नेपालकै लामो पदमार्ग बनाउने उद्देश्य अनुरुप अहिले पनि यो पदमार्ग निर्माण भइरहेको छ । गाउँपालिकाले सुरु गरेको सिद्ध मकरीकोट पदमार्ग राजदुतहरुले समेत मन पराएका छन् । भेरी गुड, पदमार्ग राम्रो छ, राजदुत पेर्ती आन्तिेनको प्रतिक्रिया छ । चीनले निर्माण गरेको ग्रेटवालको झल्को दिने गरी अपिहिमाल गाउँपालिकाले सिद्ध मकरीकोट पदमार्ग निर्माण गरिरहेको छ । ८ हजार बढि खुट्कीला बनाउने गाउँपालिकाको योजना छ । जसमा पाँच हजार बढि खुट्कीला निर्माण भएका छन् । फिनल्याण्डका राजदुतका बरिष्ठ सल्लाहकार समेत रहेका आन्तरिक पर्यटक चुडामणी जोशी पदमार्गमा चढेपछि चीनको ग्रेटवालको झल्को दिएको बताएका थिए । उनी भन्थे, यो पदमार्ग साह्रै राम्रो छ । ‘वा द ग्रेट वाल चाइना’ सबै कुरा मिलेको छ । गाउँपालिकाले यो देखिने गरी काम गरेको छ । राजदुतहरु पनि प्रभावित बनेका छन् । तर पदमार्गले मात्रै विदेशी पर्यटक तान्न सकिदैन्, उहाँले भन्नुभयो, पर्यटकको लागि चाहिने अन्य पूर्वाधार निर्माण आवश्यक छ । पर्यटक बस्न राम्रा होटल, होमस्टे, गाइड, भरिया र सूचना महत्वपूर्ण हुन्छ । पर्यटकलाई सानो सानो कुराले प्रभाव पार्छ, जोशी भन्छन, सौचालय, बाथरुम, सुत्ने खटिया, लगायतमा पनि ध्यान दिनुपर्छ । हामी नेपालीहरुको स्टेन्डर फरक हुन्छ, तर हाम्रो लागि कम्र्फट हुने खटिया, बाथरुम शौचालय विदेशीको लागि कम्फर्ट हुदैन् । उहाँले पर्यटकलाई एक पटक आई सकेपछि पुन आउने गरी यहाँका पूर्वाधार निर्माण र प्रचार प्रसार गर्ने हो भने यो क्षेत्र पर्यटकहरुको लागि निकै राम्रो ठाउँ छ । सिद्ध मकरीकोट पदमार्ग निर्माण पछि स्थानीयको समेत आवतजावतमा निकै सहजता आएको अपिका स्थानीय विशनसिह बुढाथोकीले बताए । यो काम चाहि राम्रो छ । सबैले एक पटक सिद्धमकरीकोट पुग्नुपर्छ भन्ने भएको छ, उनले भने। हामीले गुणस्तरमा अझै ध्यान दिनुपर्छ । दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने अपिहिमाल गाउँपालिका मात्र नभई व्यास, मार्मा, नौगाड दुहुँ गाउँपालिका लगायतमा पर्यटकीय सम्भावनाहरु छन् । तर यी ठाउँहरुमा पूर्वाधार निर्माण देखि प्रचार प्रसारको काम हुन नसकेको स्वीकार गर्छन । अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेल । उनी भन्छन, हामीले पर्यटकलाई तान्नको लागि केहि नयाँ गर्नुपर्छ । कार्यालयले मात्रै पर्यटक ल्याउँछौ भनेर सम्भव छैन्, उनले भने, पर्यटकको लागि चाहिने सूचना, पूर्वाधार, बाटो घाटो, आवास, पर्यटकलाई चाहिने सूचना सहज रुपमा पहुँच हुने गर्नुपर्छ । अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल गाउँपालिकालाई पर्यटकीय क्षेत्र बनाउने अभियान अन्तर्गत पहिलो खुट्कीलो रुपमा सिद्ध-मकरीकोट पदमार्ग निर्माण सुरु गरिएको बताउछन् । यसै बर्षको फागुन अन्तिम सातातिर नायिका बर्षा रावत सहित 'नेपाल फूड' को १४ सदस्यीय टोली दार्चुलाको अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी हुँदै क्षेत्ती गाउँ पुगेर फर्किएको थियो । क्षेत्तीमा उनीहरुले झण्डै एक हप्ता बिताएको थियो । क्षेत्तीमा नायिका रावतले यँहाको स्थानीय पहिरन घाग्रो, आङ्डो र पागडोमा सजिएको तस्विर समेत सामाजिक संजालमा राख्दै सुदूरपश्चिमको संस्कृतिको बारेमा आफूले सिकिरहेको उल्लेख गरेकी थिइन् ।

प्रतिक्रिया