Wide Nepal News मङ्गलबार ०१, असोज २०८१ ०२:०७

समाजमा बालविवाहले निम्त्याएको उत्पीडन र समाधानको बाटो

Wide Nepal News
बिहिबार, जेठ १३, २०७८
स्त्री र पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक र सामाजिक कार्यलाइ विवाह भनिन्छ। विवाह गर्न उपयुक्त भनी तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाइ बालविवाह भनिन्छ।नेपालमा कानुन अनुसार बिबाह गर्ने उमेर २० बर्ष तोकिएको छ।त्यसैले २० बर्ष भन्दा कम उमेरमा गरिने विवाहलाइ बालविवाह भनिन्छ। बिबाह गर्ने उमेर समय कालखण्ड सङ्गै परिबर्तन हुँदै आएको पाइन्छ। बि. स. १९१० को मुलुकी ऐनमा बिबाहको लागि कन्याको न्युनतम उमेर पाच बर्ष तोकिएको थियो। बि.स.२०२० को मुलुकी ऐनमा बिबाह गर्ने स्त्री को १४र पुरुषको १८ बर्ष उमेर तोकिएको थियो। बर्तमान समयमा दुबैको उमेर २० बर्ष तोकिएको छ।तर नेपालमा अझै ३७ प्रतिशत मानिसको कम उमेरमै बिबाह हुने गरेको एक प्रतिबेदनमा उल्लेख गरेको थियो। नेपाल बालबिबाह हुने बिस्वका पहिला २० मुलुकमा पर्दछ। नेपालको सवैधानिक इतिहासमा नेपालको संबिधान २०७२ ले बालबिबाहलाई पहिलो पटक बाल अधिकारको हननको बिषयको रुपमा उल्लेख गरि दण्डनीय अपराधको रुपमा स्वीकार गरेको छ।संविधानमा अपराध मानिएको सामाजिक बिकृती जस्तो बालबिबाह गर्ने दक्षिण एसियाको तेस्रो स्थानमा नेपाल पर्दछ।
म जब कक्षा ६ मा पढ्थे त्यो बेला सङ्गै पढ्ने १ जना केटि साथिको बिहे भयो । त्यस्तै म दस कक्षामा पुगि सक्दा ९ जना केटि साथिले बिहे गरिसकेका थिए। बिडम्बनाको कुरा उनिहरुले पढाइलाइ निरन्तरता दिन सकेनन् । १० कक्षासम्म पढ्दा केटि साथिको मात्र किन बिहे भएछ भनेर सोच्न थालेको धेरै भैसक्यो। अहिले मैले १० कक्षा पास गरेको ६ बर्ष पूरा भइसकेछ। दसमा छदा ४२ जना साथी थियौ । ती मध्ये अहिले ३ जना केटि र १० जना केटा साथिहरु अबिबाहित छौ। मेरो अनुभव र देशको तथ्यांक लगभग मिल्दोजुल्दो छ ।
नेपालमा अझै ४१ प्रतिशत बालिका र ११ प्रतिशत बालकको बालबिबाह हुने गरेको स्वास्थ्य मन्त्रालयको प्रतिबेदनमा उल्लेख छ। इतिहास र बर्तमान समय बिच बाल बिबाह हुने कारणहरुमा धेरै भिन्नता आइसकेको देखिन्छ ।पहिले बालबिबाह जबरजस्ती र करकापले हुन्थ्यो भने अहिले आफू खुसी बिबाह गर्ने बढिरहेका छन। आमाबुबा तथा अभिभावकहरुको करकापमा हुने बिबाहहरु बिशेषगरि आमाबुबा अशिक्षित ,आर्थिक अबस्था कमजोर भएर पालनपोषण गर्न नसक्ने अबस्था ,पुण्य कमाउने अन्धबिस्वास ,लैङ्गिक विभेद र छोरिको क्षमतामा बिस्वास नगर्ने खालका प्रवृत्तिले गर्दा हुन्छन भने आफुखुसि गर्नेहरु बिबाहहरु एकछिनको शारीरिक आकर्षण,सम्पतिको लोभ ,देखासिकी ,आफ्नो क्षमतामा आत्मबिस्वास नहुनु,पुरातन सोचले गर्दा हुने गर्दछन। बर्तमान परिप्रेक्ष्यमा २० बर्ष नपुगी बिबाह गरायो भने जेल जाने डरले तथा अभिभावकको चेतना बढेर करकापले हुने बिबाह कम भए पनि समाजिक सन्जालको दुरुपयोगले किशोरकिशोरी आफू खुसी कम उमेरमै बिबाह गर्ने घटनाहरु बढिरहेका छन। एकजना बालबिबाह नै गरेकी केटि साथी सङ्ग कुरा गर्दा बालबिबाह बिबाह सम्बन्धि सामाजिक पुरातन मान्यताले गर्दा र आफैमा केही गर्न सक्ने आट नहुने हुदा गरेको बुझियो।त्यस्तै अर्कि साथिको भनाइ ,आफन्तहरूले देख्ने बितिक्कै यो ठुली भैसकी ,यसको बिहे गर्नेबेला भैसक्यो र घरमा केही भनेको नमान्दा ,केही किचलो हुदा यसलाइ कसैको हात लगाउन पाए टाउकाको बोझ कम हुन्थ्यो भन्ने शब्द बारम्बार सुन्नुपर्ने र आफु पनि एकदिन जानू नै छ भनेर केही नसोची अन्तिम बिकल्प बिबाह नै हो भनी कम उमेरमै बिहे गरेको बताइन। आफुले पनि आफ्नो परिवारको आर्थिक अबस्था बुझ्दा राम्रा बिषय पढाउन नसक्ने देखिन्छ अनि पढेर पनि केही हुन्छ जस्तो लाग्दैन र मैले बिहे गरेर एकदिन पराइघर जानुनै छ ,मेरो लालनपालनमा लाग्ने खर्च बरु भाइमा लगाएभने भोलि माइतिलाइ पनि फाइदा हुन्छ भनेर आफ्नो चित्त आफै बुझाउनु पर्ने अबस्था आउँछ। अनि कानुनको बारेमा थाहा भएर के गर्नु सबैले गरिराखेकै हुन्छन। त्यसको मतलब नै राखिन भनेर अर्कि बालबिबाह गरेकी साथिले सुनाइन् । आफ्नै साथिहरुलाइ बुझ्दा आर्थिक अबस्था कमजोर र पढाइमा राम्रो गर्न नसक्ने सोचाइले अर्थात आत्मबिस्वासको कमिले चाडो बिहे गर्न बाध्य हुनुपर्ने प्रमुख समस्या देखियो। बालबिबाह बिशेष गरि गरिब समुदायमा हुने गरेको प्रष्ट छ। सरकारी बिध्यालय पढेको म आफनो अनुभव लेखी सके तर मेरो बर्डिङ्ग पढेको साथिलाइ सोध्दा १० कक्षा सम्म पढ्दा कुनै पनि साथिको बिहे नभएको बतायो। यसैबाट पनि यो कुरा प्रष्ट भैसक्यो। आमाबुबामा झगडा परिरहने परिवारका छोरिहरु चाडै बिहे गरेर जान्छन। छोरिहरुले पनि नाम र दाम कमाउन सक्छन भन्ने उदाहरण समेत सुन्न नपाएका अभिभावक छोरिको क्षमतामा बिश्वास गर्दैनन जसको कारण उसलाई पढाउन तथा अन्य प्रतिभा मुलक क्षेत्रमा अघि बढ्न हौसला दिदैनन।घर भित्र पनि छोरा भन्दा छोरी कमजोर हुन्छ भन्ने भावना सबैमा हुन्छ फलस्वरूप सानै देखि छोरिमा आत्मबिस्वासको कमि हुन्छ र आफ्नो लक्ष्य आफै तय गर्न सक्दैन्न र जे भने पनि ठिकै हो लागेर बिहे गर्न तयार हुन्छ्न।कुनै कुनै घटनामा यौन सम्पर्क भएपछी उसैको हुनुपर्छ भन्ने सोचाइले सम्बन्धमा उतारचढाव आउदा चाडै बिहे गरेको पाइन्छ भने कहिले काहीँ अनिश्चित गर्भधारण भएर पनि कम उमेरमा बिहे गरेको पाइन्छ। यी सबै घटनाहरु र कारणहरु बुझ्दा बिबाह पछि के कस्ता समस्या आउछन र अहिलेको समस्या भन्दा कम उमेरमै बिबाह गर्दा आउने समस्याहरुले जीवन नै बर्बाद पार्छ भन्ने कुरा नबुझेर बिबाह हुने गरेको बुझिन्छ। बालबिबाहले निम्त्याउने समस्याहरुलाई निम्न अनुसार छुट्याएर बुझ्न सकिन्छ : १) ब्यक्तिगत रुपमा आउने समस्याहरु : (क) शारीरिक र मानसिक रोगको सिकार भइन्छ। कलिलो उमेरमै बिहे गर्दा प्रजनन प्रणालीमा ठूलो क्षति पुग्छ ।कम उमेरमै आमा बन्नु पर्ने बाध्यताले पाठेघर खस्ने ,पाठेघरको क्यान्सर हुने,कुपोषण हुने जस्ता रोगहरु लाग्ने गर्दछन।बिहे गरे पछि धेरै जिम्मेवारी थपिन्छ ।थपिएका जिम्मेवारी बहन गर्दा शारीरिक पीडाहरुका साथै मानसिक पिडाहरु पनि थपिन्छन। कम उमेरमै सन्तान जन्माउदा आमाशिशुको मृत्यु हुने जोखिम बढ्छ। गर्भाअबस्था र सुत्केरी अबस्थामा घरपरिवारबाट सहयोगी व्यवहार नहुने हुदा पीडा सहन नसकेर मानसिक सन्तुलन समेत गुमाउन पुग्छन। (ख) शिक्षाको अधिकारबाट बन्चित भइन्छ घरको काम गर्नमै दिनहरु बितिरहन्छन भने स्कुल जान सक्ने अबस्था हुदैन। स्कुल गए पनि पढाइमा ध्यान दिन सक्दैनन।फलस्वरूप उनिहरुको भबिस्य अन्धकार अर्थात घरको पिजडा भित्र धकेलिन्छ। (ग) ब्यबहारिक कुरा बुझ्न नपाउदै जीवन बर्बाद हुन सक्ने र बहुबिबाह तथा सम्बन्ध बिच्छेद जस्ता घटनाको सामना गर्न पुग्छन। (घ) एकर्कालाइ बुझ्न सक्ने क्षमता नभएकोले पारिवारिक बिमेल भैराख्छ। २) सामाजिक रुपमा आउने समस्या : बालबिबाहले गर्दा घरेलु हिंसा ,बहुबिबाह ,गरिबी जस्ता समस्याहरु पटक पटक ठाउँ ठाउमा भैराख्ने हुदा सामाजको प्रतिस्ठा नै गुम्न पुग्छ। बालबिबाहले बेरोजगारी बढाउने हुदा गाउमा बेरोजगारीको समस्याले गर्दा चोरी डकैती , हत्या हिंसा जस्ता अपराधका घटना घटिरहन्छन। ३) रास्ट्रीय रुपमा आउने समस्या बालबिबाह धेरै हुने देशले समृद्धिको सास फेर्न सक्दैन। गरिबी ,बेरोजगारी ,मातृशिशु मृत्युदर,कुपोषण जस्ता समस्याले देशलाइ उभोगती तिर जान दिदैन। खाने ,खेल्ने ,रम्ने रमाउने अनि स्वतन्त्रताको पखेटाहरु फिजाउदै सन्सार घुमफिर गर्ने उमेरमा चुलो चौका र घरधन्दामा ब्यस्त भइ पिजडामा कैद भएको चरा जस्तै शारीरिक र मानसिक पीडा सहदा जीवन भगवानको बरदान हो यसलाइ भरपुर रमाएर प्रयोग गर्नु पर्छ भन्ने सोचाइ आउदैन र आत्महत्या गर्न बाध्य हुन्छन। बालबिबाह बाल अधिकार ,महिला अधिकार ,मानव अधिकारको हनन मात्रै होइन बिकास र समृद्धिको बाधक पनि हो।बहुबिबाह ,बालश्रम ,गरिबी अनि बेरोजगारिको मुख्य कारण हो।तसर्थ यसको उन्मुलन गर्नै पर्छ। घर ,समाज ,अनि राज्यबाट नै यो कुप्रथा सधाका लागि हटाउनु पर्छ।स्थानिय तह ,प्रदेश र संघ सरकारले अग्रसर हुने र सरोकारवाला तथा शिक्षित युवा बर्गके हातेमालो गर्ने हो भने यो उन्मुलन गर्न सम्भब छ। बालबिबाह न्युनिकरणका लागि निम्न कुराहरु गर्नु पर्छ : १) छोरिहरुको सशक्तीकरण बालबिबाह केटिहरुको धेरै हुनेव्हएकोले छोरिहरुमा आफ्नो भबिस्य आफै बनाउन सक्ने आत्मबल बढाउनु पर्ने देखिन्छ। जब भबिस्यको सुन्दर सपना देख्न थाल्छन तब माछेले आफ्नो आफ्नो सपना पन्छाउन विभिन्न समस्याहरुमा पनि कडा मिहिनेत गरिरहन्छ।फलस्वरूप सपना पन्छाउदा उसको उमेर हरेक कुरा बुझ्न सक्ने भइसकेको हुन्छ। एकजना केटि कराते खेलाडी साथीले कराते खेल्न थाले देखि म खेलेरै पनि आफ्नो पहिचान आफै बनाउन सक्छु भन्ने सोच बनाएकी छु र यसले मेरो आत्मबल बढाएको छ।बिहे गरे भने सपना साकार बनाउन सक्दिन भन्ने बुझेकी छु भनेर भन्दा केही न केही आफै गर्न सक्ने आत्मबल बढाइदिने हो र बाटो देखाइदिने हो भने बालबिबाह कम गर्न सकिन्छ जस्तो लाग्यो। २) बाल बिबाह पुराना परम्परागत संस्कृती र जातिय ब्यबस्थासङ्ग जोडिएको बिषय हो,सर्बप्रथम यस्ता कुसंस्कार र जातिय ब्यबस्थालाइ बदल्नुपर्छ। ३) छोरी शिक्षा योजना ल्याउनु पर्छ गरिबी र बिभेदका कारणले छोरिको बालबिबाह भएको देखिएकोले संघ ,प्रदेश र स्थानिय तहले छोरी शिक्षा योजना ल्याइ सम्पुर्ण गरिब ,जेहेन्दार र मिहिनेती छोरिहरुलाइ उनिहरुले पढन चाहेको बिषय पढन छात्रवृत्ति दिनुपर्छ।छात्रवृत्तिमा राम्रो शिक्षा तथा सिपका कुराहरु सिकेर आफ्नो भबिस्य सुनिस्चित भएको सपना बुनेर छोरिहरुमा पढाइमा मिहनेत गर्ने इच्छा जागृत हुन्छ र अभिभावक पनि पढाउन सकिँदैन भन्ने चिन्ताबाट मुक्त भए बिबाह गरिदिने छैनन। ४) बालबिबाह गर्ने र गराउनेलाइ कानुन अनुसार कडा कारबाही गर्न र गराउन सक्नु पर्छ। ५) युवा पुस्ताले बाल बिबाह र दाइजोको समस्या बढी भएको समुदायमा मानिसले बिना दाइजो उमेर नपुगी बिबाह गर्दा सम्मान गर्ने परम्परा बसाल्नु पर्छ। ६) शिक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने धेरै जस्तो बालबिबाह गर्नेको समस्या पढेर केही गर्न सक्दैन।पढाइ राम्रो छैन ,पढेर पनि के गर्ने हो भन्ने मानसिकता देखिन्छ।यो मानसिकता आउनुमा हाम्रो देशको शिक्षा प्रणाली जिम्मेवार छ।उनिहरुमा पढन सक्ने किताबी ज्ञान नभएपनी केही न केही गर्ने प्रतिभा भएकै हुन्छ ।उनिहरुको प्रतिभा पहिचान गरि उनिहरुको भबिस्य उज्यालो छ भनेर मिहनेत गर्ने आधार बनाउने खालको शिक्षा ,ज्ञान् ,सीप दिइयो भने कसैले पनि कम उमेरमा बिहे गर्ने थिएनन।
बालबिबाह गैरकानुनी हो। यसबाट बालबालिकाले शारीरिक ,मानसिक र शैक्षिक बिकासको अबसर र रहर सबै गुमाउछन भन्ने जान्दाजान्दै पनि यस्तो गलत परिपाटीको बिरुद्द सङ्गठित आवाज उठ्न सकेको छैन।तसर्थ राज्यले कानुनमा भएको ब्यबस्थाको प्रभावकारी कार्यान्वयन गर्न हेलचेक्राइ ,ढिलासुस्ती गर्नु हुदैन र सशक्तकरण प्रभावकारी बनाउदै लग्नु पर्छ।
                  #बालविवाह                 #समाज                         #विवाह                                 

प्रतिक्रिया