Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:४९

एक युवाको नजरमा शैल्यशिखर बनाउने '२५ सूत्र' यी हुन सक्छन्

Wide Nepal News
आइतबार, बैशाख ११, २०७९
संघीयताको मुख्य मर्म भनेको राज्यको शक्ति र स्रोतमा जनसमुदायको प्रतिनिधित्व र पहुँचलाई सहज र सुगम बनाउने हो । संघीयताको मुल मर्म शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यशक्ति र स्रोतको बाँडफाँड हो । राज्यसत्ता र स्रोतमा सरोकारवाला आम जनताको प्रतिनिधित्व र पहुँचलाई सुनिश्चित र सहज बनाउनु हो । स्थानीय तह जनसमुदायको सबैभन्दा नजिकको सरोकार राख्ने राज्यको तह हो, यदि यी मुख्य आधारभूत विशेषता र विशिष्टतालाई ठिक तरिकाले आत्मसाथ नगरी तोडमोड गरिए संघीयताको औचित्य नै रहँदैन । शैल्यशिखर नगरपालिकाका मेयरका उम्मेदवारहरुले धेरै हाईलाईटेड महत्वकांक्षी कुरा केही गर्नै पर्दैन, जनताका स-साना आकांक्षा पूरा गर्न सक्ने बाचा गरेर र आफ्नो कार्यकालमा लागू गर्न सके पुग्छ : ▶️अहिले सम्म नगरको आफ्नो भवन छैन पहिलो बर्ष नै नगरमा बजेट छुट्याएर नगर भवन बनाउने । ▶️ गोकुलेश्वर अस्पताल लाई रेफर सेन्टर मात्र होइन यस्को स्तरोन्नती गरेर नगर बासिको उपचार गर्न सक्ने ब्यवस्था र अरु स्वास्थ्य केन्द्रको को समेत सुधार गर्ने । ▶️ गोकुलेश्वर क्याम्पसलाई गुणस्तरिय बनाउने , नगर भरिका सरकारि बिधालयहरुलाइ चलायमान र बिकासित गर्ने । ▶️ बनेका सडकहरुलाइ स्तरोन्नती गर्ने र अरु नपुगेका ठाउमा प्रदेश र संघिय सरकार संग समन्वय गर्ने । ▶️ नगरमा कार्यरत कर्मचारीहरुलाइ जनताको सेवामा सक्रिय गराउने । ▶️ गोकुलेश्वर क्षेत्रमा बसपार्कको ब्यवस्था गर्न संबन्धित निकाय संग पहल गर्ने । ▶️कृषि जन्य उत्पादनमा वृद्धि गर्न विभिन्न उपकरणको लागि कृषि ज्ञान् केन्द्र संग समन्वय गर्ने र बजारिकरणमा नगरले सहजिकरण गर्ने । ▶️रानीशिखर लगायतको क्षेत्रमा बाख्रापालन फस्टाउन सक्छ, अन्य ठाउँमा सम्भाव्यता पहिचान गरि जनतालाई उत्पादन शीत जोड्ने । ▶️बेरोजगार युवालाइ विभिन्न सिपमुलक तालिम दिएर उधमशिलतामा जोड्ने । ▶️शैल्यशिखर नगरमा रहेको गोकुलेश्वर एयरपोर्ट निर्माणमा चरण गैइसकेकाले उपयुक्त स्थानमा खेल मैदानको ब्यवस्था गर्ने । ▶️ प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ कार्यकर्ता भर्ती केन्द्र नबनाएर वास्तविक बेरोजगारलाई अवसर दिने । ▶️ सम्भव भएसम्म नगरप्रमुखले महिनाको एकपल्ट जनता संग प्रत्यक्ष रुपमा जोडिने र जनताका समस्या सुन्ने । ▶️बिकास निर्माणका कार्यहरुको अनुगमन गर्ने । ▶️खानेपानीको समस्याको लागि दिर्घकालिन उपाय खोजेर संबंधित निकाय संग समन्वय गर्ने । ▶️सिचाइको ब्यवस्थाको लागि संबधित निकाय संग समन्वय गर्ने । ▶️ संस्कृतिको जगेर्ना गर्न गौरापर्वमा देउडा प्रतियोगिता , जात्राहरुमा सहजिकरण , गोकुलेश्वरमेलामा स्थानिय महोत्सव जस्ता कार्य गर्ने । ▶️नगरमा रहेका विभिन्न पर्यटकिय स्थलहरुको प्रचार प्रसार गर्ने । ▶️नगरबाट बितरण हुने उपचारको रकम वास्तविक पिडितलाइ दिने । ▶️नगरबस संचालनमा ल्याउने र नगरभरिका नयाँ रुटहरुमा उठाउने गरेको मन लाग्दो गाडिभाडा नियन्त्रण गर्ने । ▶️राजस्वको नाममा जनताको ढाड सेक्ने गरि नतोक्ने । ▶️नगरभरी बिधुतिकरण र बिधुतको उत्पादनमा जोड दिने । ▶️प्राकृतिक सम्पदाको संरक्षण र बृक्षारोपणमा ध्यान दिने । ▶️नगरबाट पाइने सेवा सुबिधा जस्तै सिफारिस , उपभोक्ता समितिको भुक्तानी समयमै बनाउन कर्मचारिहरुलाइ निर्देशन दिने । ▶️ बित्तीय संस्थाहरुको स्थापनामा समन्वय गर्ने । ▶️युगौदेखि एकात्मक राज्य संरचना र केन्द्रीकृत राज्य सत्ताबाट शोषण, दमन, उत्पीडिन र भेदभावमा परेका अत्याधिक बहुसंख्यक शोषित र उत्पीडित वर्ग, जाति, समुदाय, क्षेत्र र लिङ्गलाई समिटिने गरि बिशेष कार्ययोजना तयार गरि कार्यक्रम ल्याउने। समग्रमा भन्नूपर्दा शैल्यशिखर नगरबासीहरुले गाउँ गाउँमा भ्रष्टाचार होइन गाउँ गाउँमा सिहंदरबार नै खोजेका छन् । शैल्यशिखर नगरमा नगरबासीले असल भिजन भएको इमानदार नेतृत्व  खोजेका छन् , पोजेटिभ आउटपुट खोजेका छन् , संघियताको मर्म खोजेका छन् । अब ब्यवस्था मात्र होइन अवस्था बदल्ने जनप्रतिनिधिको खोजिमा छन् । आशा गरौं, बैशाख ३० गते हुन गैइरहेको स्थानिय निर्वाचनको लागि जनप्रतिनिधिका उमेदवारहरुले नगरबासीको यो माग र चाहनामा ध्यान दिने छन र आगामी कार्यकालमा कार्यान्वयनको चरणमा जाने छ । - बिष्ट शैल्यशिखर नगरपालिका ९ का स्थानीय युवा हुन् । उनी माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत हुन् ।

प्रतिक्रिया