Wide Nepal News मङ्गलबार ११, कार्तिक २०८२ ००:५४

इरानको सीमा क्षेत्रमा अज्ञात आक्रमणकारीद्वारा ९ पाकिस्तानीको हत्या

एजेन्सी एजेन्सी
सोमबार, माघ १५, २०८०
इरानको सीमा क्षेत्रमा अज्ञात आक्रमणकारीद्वारा ९ पाकिस्तानीको हत्या

पाकिस्तानमा इरानले हवाई हमला गरेको केही दिनपछि दुई देशबीचको तनाव फेरि बढेको छ।

शनिवार अज्ञात बन्दुकधारीहरूले पाकिस्तानसँग जोडिएको इरानको दक्षिण–पूर्वी सीमा क्षेत्रमा नौ जनाको गोली हानी हत्या गरेका छन्। यो घटनाको इरानका लागि पाकिस्तानी राजदूतले पुष्टि गरेका छन्।

इरानी मिडियाले गोलीबारी पछि घटनास्थलबाट भागेका तीन बन्दुकधारीलाई प्रहरीले खोजिरहेको जनाएको छ।

गोलीकाण्डको जिम्मेवारी कुनै व्यक्ति वा समूहले लिएको छैन। बलुच अधिकार समूह हलवाशले आफ्नो वेबसाइटमा भनेअनुसार पीडितहरू पाकिस्तानी मजदुरहरू थिए जो एक अटो मर्मत पसलमा काम गर्थे र त्यहाँ बस्ने गर्थे।

यस घटनामा ९ पाकिस्तानीको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।
 

प्रतिक्रिया