Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ ०३:२४

घरदैलोमै सामाजिक सुरक्षा भत्ता बितरण हुन थालेपछि वृद्धवृद्धालाई सहज

सम्बाददाता सम्बाददाता
शनिबार, माघ १३, २०८०
घरदैलोमै सामाजिक सुरक्षा भत्ता बितरण हुन थालेपछि वृद्धवृद्धालाई सहज

बैतडीको डिलाशैनी गाउँपालिकाले भुक्तानी शिविरमार्फत् गाउँघरमै पुगि सामाजिक सुरक्षा भत्ता बितरण गरिरहेको छ ।

गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले कुमारी बैंकसँगको सहकार्यमा गाउँ गाउँ पुगेर सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गर्दै आएको हो ।

भौगोलिक कठिनाइका कारण सहज रुपमा बैंकको पहुचमा पुग्न नसकेका वृद्धवृद्धाको सहजताका लागि आफूहरु निर्वाचित भएयता देखि भुक्तानी शिविरका माद्यमबाट गाउँपालिकाका विभिन्न टोलमा पुगि सामाजिक सुरक्षा भत्ता बितरण हुदैँ आएको उल्लेख गर्दै डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले यस वर्षको दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण धमाधम भइरहेको बताए । 

गाउँपालिकाले भुक्तानी शिविर सञ्चालन गरि सामाजिक सुरक्षा भत्ता बितरण गर्ने कार्यलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । 

कुमारी बैंक र डिलासैनी गाउँपालिकाको सयुक्त आयोजनामा ५ माघबाट गाउँपालिकाका वडा तथा गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता बैंङ्किङ प्रणाली मार्फत वितरण भइरहेको पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले जानकारी दिए ।  

वृद्धवृद्धाहरु यसअघि सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमै जानुपर्ने बाध्यता रहेको स्मरण गर्दै गाउँपालिकाले हाल भुक्तानी शिविरमार्फत घरदैलो मै भत्ता बितरण गर्न थालेपछि आफूहरुलाई सहज भएको बताउछन् । 

प्रतिक्रिया