Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०६:४९

बैतडीकी नेतृ चन्दसहित सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ ११, २०८०
बैतडीकी नेतृ चन्दसहित सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

नेकपा माओवादी केन्द्र बैतडीकी नेतृ रेणु चन्द राष्ट्रियसभा सदस्यमा निर्वाचीत भएकी छन् ।

आज भएको निर्वाचनमा उनले ४ हजार ४सय ५३ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् ।

चन्द २०६४ सालको संबिधानसभा निर्वाचनमा बैतडी क्षेत्र न.२ बाट निर्वाचित भई संविधानसभा सदस्य समेत बनेकी थिइन् । चन्द जनयुद्धकी भुमिगत योद्धा समेत हुन् ।

चन्दसंगै सुदुरपश्चिम प्रदेश बाट अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट निर्वाचित भए। उनले ४ हजार ४१९ मत पाए। त्यस्तै अन्यतर्फ  कांग्रेसकै बलदेव बोहरा विजयी भए। उनले ४ हजार ३४७ मत पाए।

उनिहरु गठबन्धनका तर्फबाट राष्ट्रिय सभा सदस्यका लागि चुनाव लडेका थिए । 

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फ बाट अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार रहेकामा तीनै जना पराजित भएका छन्।
 

 

प्रतिक्रिया