Wide Nepal News मङ्गलबार १८, बैशाख २०८१ ०४:३३

दार्चुलाका ४ स्थानीय तह नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमको लागि छनोट

सम्बाददाता सम्बाददाता
बिहिबार, माघ ०४, २०८०
दार्चुलाका ४ स्थानीय तह नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमको लागि छनोट

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमको लागि दार्चुलाका चार स्थानीय तह छनोट भएका छन् ।

छनोट हुनेमा दार्चुलाका महाकाली नगरपालिका, नौगाड गाउँपालिका, अपिहिमाल गाउँपालिका र मालिकार्जुन गाउँपालिका रहेका छन् ।

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि २०८० बमोजिम चालु आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम सञ्चालनका लागि दार्चुलाका चारसहित देशभरिका १०४ पालिका छनोट भएका हुन् ।

पुस ५ गते प्रकाशित सूचना अनुसार आवेदन दिने स्थानीय तहमध्ये तोकिएको योग्यता र आधार पूरा गरेका स्थानीय तहहरू माघ २ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार छनोट भएको संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत नवराज सापकोटाले बताए ।

 

प्रतिक्रिया