Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०६:३६

नेपाल प्रहरीले सार्वजनिक कार्यक्रममा बोल्दा अबदेखि अनुमती लिनुपर्ने

सम्बाददाता सम्बाददाता
शनिबार, पुष २८, २०८०
नेपाल प्रहरीले सार्वजनिक कार्यक्रममा बोल्दा अबदेखि अनुमती लिनुपर्ने

नेपाल प्रहरीका अधिकारीले अब कुनै पनि सार्वजनिक कार्यक्रममा बोल्न अनुमति लिनुपर्ने भएको छ ।

सार्वजनिक कार्यक्रमहरूमा संगठनको धारणाविपरीत बोल्दा समस्या बढ्न थालेपछि प्रधान कार्यालयले मातहतका प्रहरी कार्यालयलाई परिपत्र गरेर अनुमतिबिना कार्यक्रममा गएर नबोल्न निर्देशन दिएको हो ।

कार्यक्रममा निमन्त्रणा भएका सम्बन्धित प्रहरी अधिकृतहरूले कार्यक्रमको विषयवस्तु, विषय विज्ञता, कार्यक्रमका सम्बन्धमा सांगठनिक धारणा रायसुझाव के-कस्ता हुन सक्छन् भन्ने नजरअन्दाज गरी प्रहरी महानिरीक्षकको सचिवालयमा कुनै जानकारी नदिई आफूखुसी सहभागी हुने र अभिव्यक्ति पनि दिने गरेको देखिएको भन्दै प्रहरी महानिरीक्षकको सचिवालयले यसमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया