Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०६:४४

चौलानी सेकेन्ड्री बोर्डिङ स्कुल १८ औं वर्षमा प्रवेश

सम्बाददाता सम्बाददाता
शनिबार, पुष २८, २०८०
चौलानी सेकेन्ड्री बोर्डिङ स्कुल १८ औं वर्षमा प्रवेश

दार्चुलाको गोकुलेश्वरस्थित चौलानी इङलिस सेकेन्ड्री बोर्डिङ स्कुलले १८औं वर्ष प्रवेशको अवसरमा स्थापना दिवस मनाएको छ । 

शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरको माध्यमिक तहसम्म पढाइ हुने निजी क्षेत्रको एकमात्र विद्यालयका रूपमा स्थापित चौलानी सेकेण्ड्री बोर्डिङ स्कुलले  शुक्रबार विभिन्न कार्यक्रम गरि विद्यालयको १७औं वार्षिकोत्सब समारोह मनाएको हो । 

वि.सं. २०६३ सालमा स्थापित विध्यालयको १७औं वार्षिकोत्सव समारोहमा शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रजापति पाण्डेयको प्रमुख आथित्यता रहेको थियो । सोही अवसर पारेर विद्यालयले विभिन्न विधामा उत्कृष्ट स्थान प्राप्त गरेका विध्यार्थीहरूलाई पुरस्कृत गरिएको चौलानी सेकेण्ड्री बोर्डिङ स्कुलका संस्थापक बाशुदेव जोशीले जानकारी दिनु भयो । 

विद्यालयको स्थापना दिवसको अवसर पारेर अभिभावक भेलाको समेत आयोजना गरि विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको संस्थापक जोशीले बताउनु भयो ।

वार्षिकोत्सख समारोहमा उपस्थित अतिथिहरुले विद्यालयको उत्तरोउत्तर प्रगतीको शुभकामना व्यक्त गर्नुभयो । विद्यालयको प्राङ्गणमा आयोजित १७औं वार्षिकोत्सब समारोहमा वडाध्यक्ष पाण्डेयसहित सुदरपश्चिम विस्वविद्यालय गोकुलेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख परमल सिंह महरा, अभिभावक, सुरक्षाकर्मी, संचारकर्मी, स्वास्थ्यकर्मी , स्थानीय समाजसेवी, बुद्दिजिबी तथा विध्यार्थीहरूको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया