Wide Nepal News बुधबार २६, बैशाख २०८१ ०५:०६

शैल्यशिखर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी गलैनाथ मा.वि. झरकाडाँको पोल्टामा

सम्बाददाता सम्बाददाता
शुक्रबार, पुष २७, २०८०
शैल्यशिखर नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधी गलैनाथ मा.वि. झरकाडाँको पोल्टामा

दार्चुलाको शैल्यशिखर नगरपालिकामा  सञ्चालित नगरपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ । 

शैल्यशिखर  नगरपालिका ९ स्थित गोकुलेश्वरमा 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने नाराका साथ पुष २३ गतेबाट आयोजना गरिएको चौथो संस्करणको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधी गलैनाथ माद्यमिक विद्यालय झरकाडाँले जितेसंगै प्रतियोगिता सम्पन्न भएको हो ।

शैल्यशिखर नगरपालिका ८ मा अवस्थित गलैनाथ माद्यमिक विद्यालय झरकाडाँले १४ स्वर्ण, ५ रजत र ४ कास्य गरि जम्मा २३ पदकसहित प्रतियोगिताको उपाधी हात पारेको हो । यस्तै सत्यप्रकाश माद्यमिक विद्यालय देथलाले ९ स्वर्ण, ८ रजत र ४ कास्य गरि जम्मा २१ पदक सहित द्धित्तिय स्थान प्राप्त गरेको तथा कृष्ण माध्यमिक विध्यालय बलॅाचले ८ स्वर्ण, ३ रजत र १ कास्य गरि कूल १२ पदक सहित तृत्तिय स्थान प्राप्त गरेको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 

शैल्यशिखर नगरपालिका भित्रका १३ वटा विद्यालय सहभागि रहेको नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा विभिन्न विधाका खेलमा विजेता, उपविजेता हुने खेलाडी तथा विद्यालयहरुलाई पुरस्कृत गरिएको नगरप्रमुख विजयसिंह धामीले जानकारी दिए । 

गत वर्षको डिफेन्डिङ च्याम्पियनका रुपमा रहेको गोकुलेश्वर माद्यमिक विद्यालय यस वर्ष भने ७ स्वर्ण, ९ रजत र ९ कास्य प्राप्त गरि चौथो स्थानमा स्तब्ध रह्यो । 

प्रतियोगिताको समापन समारोहमा शैल्यशिखर नगर खेलकुद विकास समितीका अध्यक्ष महेश भण्डारीको अध्यक्षता तथा नगरप्रमुख धामीको प्रमुख आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया