Wide Nepal News शनिबार २२, बैशाख २०८१ १०:३३

दार्चुलाका सात स्थानीय तहमा हिउँदे अधिवेसन सम्पन्न, शैल्यशिखर र लेकम बाकीँ

सम्बाददाता सम्बाददाता
शुक्रबार, पुष २७, २०८०
दार्चुलाका सात स्थानीय तहमा हिउँदे अधिवेसन सम्पन्न, शैल्यशिखर र लेकम बाकीँ

दार्चुलाका सातवटा स्थानीय तहमा हिउँदे अधिवेशन सम्पन्न भएको छ । जिल्लाको दुहुँ गाउँपालिकामा १३ औँ गाउँसभा तथा हिउँदे अधिवेसन विहिबार सम्पन्न भएको छ ।

विभिन्न प्रस्तावहरु पारित गर्दै गाउँसभा सम्पन्न भएको गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताउनुभयो ।

दार्चुलाका दुई नगरपालिका र सात वटा गाउँपालिका गरी नौँ वटा स्थानीय तहमध्ये सात वटा पालिकाले हिउदे अधिवेशन तथा गाउँ नगरसभा सम्पन्न गरिसकेका छन् ।

महाकाली नगरपालिका, व्याँस, दुहुँ, मालिकार्जुन, अपिहिमाल, मार्मा र नौगाड गाउँपालिकाले हिउँदे अधिवेसन तथा नगर गाउँसभा सम्पन्न गरेका हुन् ।

शैल्यशिखर नगरपालिकामा केही दिन भित्रै हिउँदे अधिवेसन आयोजना गर्ने गरी तयारी भइरहेको बताइएको छ । लेकम गाउँपालिकामा फागुन १७ गते हिउँदे अधिवेसन तथा गाउँसभा गर्ने निर्णय गरिएको छ ।

पालिकाहरुले हिउँदे अधिवेशनमा बजेट शंसोधन, कार्यपालिकाबाट पारित ऐन, कानुन, नीति, नियमहरु अनुमोदन तथा विभिन्न प्रस्तावहरु पारित गर्ने गरेका छन् । बर्खे अधिवेसनबाट बजेट विनियोजन हुने गरेकोमा हिउँदे अधिवेसनमा नीतिमा केन्द्रित भएर छलफल हुने गरेको पालिकाहरुले बताएका छन् ।

प्रतिक्रिया