Wide Nepal News शनिबार २२, बैशाख २०८१ ०३:०६

परराष्ट्रमन्त्री साउँद बैतडी आउने

सम्बाददाता सम्बाददाता
बिहिबार, पुष २६, २०८०
परराष्ट्रमन्त्री साउँद बैतडी आउने

परराष्ट्रमन्त्री एनपी साउँद बैतडी आउने भएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका ४ मा श्रीकेदार संस्कृति संरक्षण समाजले यही पौष २७ गतेदेखि सञ्चालन गर्ने साँस्कृतिक महोत्सव तथा व्यापार मेलाको उद्दघाटनका लागि मन्त्री साउँद बैतडी आउने भएका हुन् । 

सांस्कृतिक महोत्सव तथा व्यापार मेलाको उद्दघाटनका लागि पौष २७ गते बिहान मन्त्री साउँद बैतडी पुग्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

यस्तै मन्त्री साउँद पौष २८ गते बैतडीको पाटनमा नेपाली कांग्रेसले आयोजना गर्ने पार्टी कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यसपछि उनी बैतडीबाट पौष २८ गते नै फर्कने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

प्रतिक्रिया