Wide Nepal News शनिबार ०६, पुष २०८१ ०९:५७

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलबीचमै सिट बाँडफाँट हुने

सम्बाददाता सम्बाददाता
शनिबार, पुष २१, २०८०
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका दलबीचमै सिट बाँडफाँट हुने

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ। 

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो। 

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए। 

उनले सरकारमा सहभागी दलहरूको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए।

नले भने, ‘सरकारमा सहभागी ४ दलका नेताहरूको बीचमा छलफल भयो। राष्ट्रिय सभाको सदस्य निर्वाचनको विषयलाई लिएर। आज पुनः ४ बजे बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरूको बैठक बस्नेछ। सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ। गठबन्धनकै बीचमा सिटको बाँडफाँट हुन्छ। सरकारमा सहभागी सहयोगी दलहरूबीचको छलफल र निर्णयले टुंगोमा पुग्छ। सरकारमा सहभागी दलहरूको गठबन्धनले चुनाव लड्छ। सत्ता गठबन्धनमा पनि आफ्नो आफ्नो हिसाबले दाबी गर्नुभएको छ, पार्टीहरूले। साँझसम्ममा टुंगोमा पुग्छौं।’

प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट हुने बताए।

‘सत्ता गठबन्धनले सदासयतापूर्वक एउटा बृहत् लोकतान्त्रिक धारणाका साथ सकिन्छ भने सत्ता र प्रमुख प्रतिपक्ष, प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ कि भन्ने हो। तर सम्भव भएन। देशभरको मतको स्थितिलाई मध्यनजर गरेर र कसको राष्ट्रिय सभामा कति स्थान छ, मतभार कति कसको छ भन्ने कुरालाई मध्यनजर गरी हामी टुंगोमा पुग्छौं,’ उनले भने।

 

प्रतिक्रिया