Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०१:१३

धनगढीको ६ लेन सडकमा अब छुट्टै साइकल लेन

सम्बाददाता सम्बाददाता
शनिबार, पुष २१, २०८०
धनगढीको ६ लेन सडकमा अब छुट्टै साइकल लेन

कैलालीको मोहनापुल–अत्तरिया ६ लेन सडकमा लाइकल लेन पनि सुरु गरिएको छ । 

कैलाली भन्सारदेखि विमानस्थल गेटसम्म सात दशमलव १४ किलोमिटर दायाँ बायाँ साइकल तयार गरेको हो । उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले शनिवार बिहान साइकल लेनको उद्घाटन गरेकी छन् । 

उनले धनगढीको ट्राफिक चौराहामा हरियो झन्डा देखाएर साइकल लेनको उद्घाटन गरिन् । नगर उपप्रमुखले उद्घाटन गरेपछि नगर प्रमुख गोपाल हमाल सहितका साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका थिए । 

धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो।

प्रतिक्रिया