Wide Nepal News मङ्गलबार २५, बैशाख २०८१ ०८:३७

‘डिलाशैनी गाउँपालिकास्तरीय अध्यक्ष कप’ सम्पन्न, नमेश पोल्ट्रीले जित्यो उपाधी

सम्बाददाता सम्बाददाता
सोमबार, पुष ०९, २०८०
‘डिलाशैनी गाउँपालिकास्तरीय अध्यक्ष कप’ सम्पन्न, नमेश पोल्ट्रीले जित्यो उपाधी

बैतडीको डिलाशैनी गाउँपालिकामा आयोजीत दोश्रो संस्करणको अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगीताको उपाधी नमेश पोल्ट्री सप्लायर्शको टिमले जितेको छ  ।

गत शनिबारदेखी लिग चरणका आधारमा सञ्चालन भएको प्रतियोगीतामा डिलाशैनी गाउँपालिका वडा न.६ को टीम द्वितिय तथा वडा न.७को टीम तृतिय भएको छ । 

प्रथम हुने नमेशले नगद रु ५१हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितिय भएको वडा न.६ले नगद ३१हजार तथा तृतिय वडा न.७ले नगद १६हजार प्राप्त गरेको छ ।

सोमबारसम्म लिग चरणका खेलहरु सम्पन्न भएपछि मंगलबार सेमिफाइनल र फाइनल खेल भएका हुन् ।

अन्तीम चारमा पुगेका मध्ये नमेस र वडा न.७ बीच भएकोमा नमेशले जित निकाल्दै फाइनल प्रवेश गर्दा दोश्रो खेल सेटिगाउँ क्याम्पस र वडा न.६ बीच भएको दोश्रो खेलमा वडा न.६ले जित्दै फाइनलको यात्रा तय गरेको थियो । 

photo 21703505631.jpg

फाइनल खेल डिलाशैनी–०६ र नमेश पोल्ट्री सप्लायर्श बीच भएको थियो । उक्त खेल नमेश पोल्ट्री सप्लायर्शले सोझो सेटमा जित्दै प्रतियोगीताको उपाधी जित्न सफल भएको खेलकुद विकास समिति उपाध्यक्ष मदन नाथले बताए । 

प्रतियोगीताको मंगलबार औपचारीक रुपमा समापन गरिएको छ । समापन समारोहको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सन्तोश प्रकाश जोशीले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा साथ गाउँपालिकाको निति तथा कार्यक्रम तय गर्दै आएको बताए । उनले खेल मैदान निर्माण, विभिन्न खेल प्रतियोगीताहरुको आयोजना, जिल्ला स्तरीय तथा अन्य खेलहरुमा पालिकाको टीम सहभागी गराउने गरेको बताए । 

ph11703505687.jpg


प्रतिक्रिया