Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०७:२२

नागरिकका समस्या, गुनासा तथा सुझाव सुन्न प्रहरीले संचालनमा ल्यायो ‘क्यूआर कोड’

सम्बाददाता सम्बाददाता
शनिबार, मङि्सर ३०, २०८०
नागरिकका समस्या, गुनासा तथा सुझाव सुन्न प्रहरीले संचालनमा ल्यायो ‘क्यूआर कोड’

जिल्ला प्रहरी कार्यालय दार्चुलाले क्यूआर कोड (स्क्यान सिस्टम) सञ्चालनमा ल्याएको छ । 

नागरिकका गुनासा तथा सुझाव सुन्न ‘क्यूआर कोड’ संचालनमा ल्याइएको हो । प्रहरी सँग सम्बन्धित कुनै गुनासा तथा सुझाव राख्न सहज होस् भनेर क्यूआर कोड सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । 

प्रहरी सेवालाई प्रविधिमैत्री तथा छिटोछरितो रुपमा सेवा दिने अभिप्रायले यो सेवा थपिएको प्रहरी निरीक्षक सिंहले बताए ।

क्यूआर कोड जिल्ला प्रहरी कार्यालयको मूल गेटमा राखिएको छ । नागरिकले आफ्ना समस्या, सुझाव तथा गुनासाहरु क्युआर कोडमार्फत स्क्यान गरी जिल्ला प्रहरी कार्यालयमा पठाउन सक्नेछन् । 

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकोसमेत क्यूआर कोड सञ्चालनमा ल्याइएको थियो ।

प्रतिक्रिया