Wide Nepal News बुधबार २९, असोज २०८२ ०१:५२

नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना (सूचनासहित)

सम्बाददाता सम्बाददाता
शुक्रबार, मङि्सर ०८, २०८०
नेपाली सेनामा ठूलो संख्यामा खुल्यो भर्ना (सूचनासहित)

नेपाली सेनाले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार एक सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन्। ट्रेडका फलोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ।

दरखास्त आजबाट पुस ७ गतेसम्म आवेदन दिन सकिने छ। दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ।

 

army

प्रतिक्रिया