Wide Nepal News मङ्गलबार २५, बैशाख २०८१ ०९:१२

४०१ रन बनाएको न्युजिल्यान्डविरूद्ध पाकिस्तान 'डिएलएस'मा विजयी हुँदा सेमिफाइनल सम्भावना जीवित

सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक १८, २०८०
४०१ रन बनाएको न्युजिल्यान्डविरूद्ध पाकिस्तान 'डिएलएस'मा विजयी हुँदा सेमिफाइनल सम्भावना जीवित

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा ४०१ रन बनाएको न्युजिल्यान्डविरूद्ध पाकिस्तानले डिएलएस मेथडमा २१ रनको जित निकालेको छ।

शनिबार बेंगलुरुमा खेल वर्षाले प्रभावित भएपछि पाकिस्तानलाई भाग्यले साथ दिएको हो।

४०२ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पाकिस्तानले २५.३ ओभरमा १ विकेटको क्षतिमा २०० रन बनाउँदा खेल वर्षाले प्रभावित भएको थियो। त्यतिबेला पाकिस्तानका लागि बाबर अजामले ६६ रन र फखर जमानले १२६ रन बनाएर खेलिरहेका थिए।

त्यसअघि न्युजिल्यान्डले विशाल स्कोर बनाउने क्रममा ६ विकेटको क्षतिमा ४०१ रन जोडेको थियो।

उसका लागि रचिन रविन्द्रले १०८ रन, कप्तान केन विलियमसनले ९५ रन बनाउँदा ग्लेन फिलिप्सले २५ बलमा ४१ रन, मार्क चापम्यानले २७ बलमा ३९ रन जोडेका थिए।

जितसँगै पाकिस्तानले पाँचौ स्थनमा रहदा ८ खेलबाट ८ अंक जोडेको छ। नेटरनरेटमा अघि रहेको चौथो स्थानको न्युजिल्यान्डको पनि ८ अंक नै छ।
 

प्रतिक्रिया