Wide Nepal News सोमबार ०६, जेठ २०८२ ०१:१४

गोकुलेश्वरस्थित दार्चुला–बैतडी जोड्ने मोटरेबल पुलबाट खसेर चमेलिया नदीमा एक पुरुष बेपत्ता

सम्बाददाता सम्बाददाता
सोमबार, कार्तिक १३, २०८०
गोकुलेश्वरस्थित दार्चुला–बैतडी जोड्ने मोटरेबल पुलबाट खसेर चमेलिया नदीमा एक पुरुष बेपत्ता

दार्चुला–बैतडी जोड्ने शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वरस्थित मोटरेबल पुलबाट खसेर एक पुरुष चमेलिया नदीमा बेपत्ता भएका छन् । 

प्रत्यक्षदर्शीका अनुसार सोमबार दिउँसो (भरखरै) गोकुलेश्वरस्थितको मोटरेबल पुलबाट खसेर एक पुरुष नदीमा बगेका हुन् । 

गोकुलेश्वरस्थित मोटरेबल पुलको मध्य भागबाट खसेर नदीमा बगेका पुरुषको पहिचान खुलेको छैन् । उनको झोला भने पुल छेउमा भेटिएको प्रहरीले जनाएको छ । 

घटनास्थलमा यतिखेर इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुला र प्रहरी चौकी गोकुलेश्वर, बैतडीबाट प्रहरी परिचालन भई खोजिकार्य सुरु गरिएको प्रहरीले बताएको छ । 

पछिल्लो समय गोकुलेश्वर पुल असुरक्षित बन्दै गएको छ । यसअघि गत भदौमा समेत सोही पुलबाट खसेर शैल्यशिखर नगरपालिका ९ का एक पुरुष घाइते भएका थिए । दार्चुला र बैतडी जोड्ने एकमात्र मोटरेबल पुलका रुपमा रहेको गोकुलेश्वरस्थित पुल जीर्ण अवस्थामा छ ।

प्रतिक्रिया