Wide Nepal News आइतबार २७, पुष २०८२ ०५:४४

इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं पुग्ने

सम्बाददाता सम्बाददाता
शनिबार, कार्तिक ०४, २०८०
इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं पुग्ने

काठमाडौंः हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ।

तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज (शनिबार) दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ। दूतावासका अनुसार फ्लाई दुबईकै उडान एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ।

उडान कार्यतालिका अनुसार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने जनाइएको छ। अन्य शव पहिचानको काम भइरहेको नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ। यसैगरी, दूतावासले सम्पर्कविहीन रहेका विविन जोशीको खोजी भइरहेको पनि विज्ञप्तिमार्फत् जनाएको छ।

प्रतिक्रिया