Wide Nepal News मङ्गलबार २५, बैशाख २०८१ ०४:२१

दार्चुलाको मालिकार्जुनमा सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुने

सम्बाददाता सम्बाददाता
बुधबार, कार्तिक ०१, २०८०
दार्चुलाको मालिकार्जुनमा सर्वाधिक धनराशिको भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुने

दार्चुलाको मालिकार्जुनमा दिपेन्द्र धामी स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको जिल्लाको सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता यहीँ बिहीबार (भोलि) देखि सुरु हुने भएको छ ।

मालिकार्जुन गाउँपालिका ३ प्रेम नगर(मड) मा दिपेन्द्र धामी स्मृति भलिबल प्रतियोता आयोजना हुन लागेको हो । 

छठौ दिपेन्द्र धामी स्मृति खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता भोलिदेखि मालिकार्जुन गाउँपालिका ३ प्रेमनगर (मड) मा सञ्चालन हुने आयोजकले जनाएको छ। 

यस वर्षको दसैँको अवसरमा आयोजना हुने प्रतियोगितामा दार्चुला जिल्लास्थित विभिन्न वडाका भलिबल टिमको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष माधव सिंह धामीले बताए । 

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टोलिले नगद रु. १ लाख १३ हजार एक सय १३ सहित प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष धामीले बताए।

त्यस्तै भलिबल प्रतियोगितामा द्धित्तिय स्थान प्राप्त गर्ने टोलिले नगद रु. ५५ हजार ५ सय ५५ र तेस्रो हुने टीमले २२ हजार २ सय २२ नगद सहित प्रमाणपत्र पाउने छन । टीम दर्ताको समय यही असोज ३० गतेसम्म रहेको तथा भोलिदेखि सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको दिपेन्द्र स्मृति प्रतिस्ठानले जनाएको छ।

दिपेन्द्र धामी स्मृति प्रतिस्ठानले प्रतेक बर्ष मालिकार्जुनमा भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ।

भलिबल खेलाडीको सम्मान तथा मालिकार्जुनका स्थानीय युवा स्व. दिपेन्द्र सिंह धामीको सम्झनामा प्रतियोगिता आयोजना हुन लागेको अध्यक्ष धामीले बताए।

प्रतिक्रिया