Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०५:४८

हावाहुरी, असिना र भारिवर्षाले गरेको क्षतिको अनुगमन गर्न किसानका खेतबारीमा डिलासैनी सरकार

क्षतिको मुल्यांकन गरि राहत उपलब्ध गराउने प्रतिबद्धता
सम्बाददाता सम्बाददाता
मङ्गलबार, असोज ३०, २०८०
हावाहुरी, असिना र भारिवर्षाले गरेको क्षतिको अनुगमन गर्न किसानका खेतबारीमा डिलासैनी सरकार

गत आइतबार साझँको हावाहुरी, असिना र भारिवर्षाका कारण किसानहरुले भित्र्याउने क्रममा रहेको अन्नबाली तथा तरकारी खेतीमा क्षति भएपछि बैतडीको डिलासैनी गाउँपालिकाले पिडित किसानहरुलाई आवस्यक राहत उपलब्ध गराउने उद्धेश्यले क्षतिको विवरण माग गरेको छ । 

सोमबार एक सार्वजनिक सूचना जारी गर्दै हावाहुरी, असिना र भारिवर्षाबाट प्रभावित भएका डिलासैनी गाउँपालिकाभित्रका किसानलाई क्षतिको विवरण गाउँपालिकालाई उपलब्ध गराउन सूचना आह्वान गरेको हो । 

गाउँपालिकाका विभिन्न वडामा जनप्रतिनिधी तथा कृषि शाखामा कार्यरत कर्मचारी क्षतिको अनुगमन गर्न किसानका खेतबारीमा पुगिरहेका छन् । सोही क्रममा गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी सहितका जनप्रतिनिधीहरुले मंगलबार (आज) वडा नम्बर ६ स्थित चौसेरा लगायतका स्थानमा गत असोज २८ गते आएको हावाहुरी, असिना र भारिवर्षाबाट किसानका खेतबारीमा भएको क्षतिको अनुगमन गरिरहेका छन् । 

यस्तै गाउँपालिकास्थित अन्य वडामा पनि जनप्रतिनिधि तथा कर्मचारीले अनुगमन तथा क्षतिको विवरण माग गरिरहेका डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । किसानहरुले भित्र्याउने क्रममा रहेको धानबाली र व्यावसायिक तरकारी खेतिमा आइतबारको हावाहुरी, असिना र भारिवर्षाले क्षति गरेकोमा दुःख व्यक्त गर्दै अध्यक्ष जोशीले प्रभावित किसानलाई आवस्यक क्षतिपूर्ति उपलब्ध गराउन गाउँपालिकाले क्षतिको विवरण माग गरेको बताए । 

गाउँपालिकाले हावाहुरी, असिना र भारिवर्षाबाट प्रभावित किसानहरुलाई आवस्यक क्षतिपूर्ति उपलब्ध गराउन गाउँकार्यपालिकाबाट बजेट व्यवस्थापन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय बैतडीसित समेत क्ष्तिपूर्तिका लागि पहल गर्ने उद्धेश्यले अनुगमन भइरहेको तथा किसानहरुलाई क्षतिको विवरण उपलब्ध गराउन माग गरिएको डिलासैनी गाउँपालिकाले जनाएको छ । 

यसैबिच गत आइतबारको हावाहुरी, भारिवर्षा र असिनाले किसानको खेतबारीमा भएको क्षतिको अनुगमन गर्न तथा राहत उपलब्ध गराउने प्रतिबद्धताहरु जनाउनुले गाउँपालिका अध्यक्षले अभिभावकीय जिम्मेवारी निभाएको आफूहरुलाई महसुस भएको बताउदैँ स्थानीय किसान देबेन्द्र मालले गाउँपालिका अध्यक्ष जोशीसहित अन्य जनप्रतिनिधीलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले सो प्रकोपबाट प्रभावित किसानलाई गाउँपालिकाका तर्फबाट यथासिघ्र राहत उपलब्ध गराउन आग्रह समेत गरेका छन् । 

प्रतिक्रिया