Wide Nepal News शुक्रबार ०४, असोज २०८१ ०३:१९

आज रातिदेखि निवार्चन अवधिभर दार्चुलामा मदिरा विक्रि-वितरणमा रोक (विज्ञप्तीसहित)

Wide Nepal News
आइतबार, बैशाख २५, २०७९
काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि दार्चुलामा निर्वाचन अवधिभर मदिरा विक्रि,वितरणमा पूर्ण रुपमा रोक लगाइने भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले वैशाख २५ गते राती १२ बजेदेखि मतपरिणाम नआउँदा सम्म मदिरा विक्रि वितरणमा रोक लगाउने निर्णय भएको हो । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि वैशाख २५ गते राति १२ बजेदेखि मदिरा विक्रि वितरणमा र सेवनमा रोक लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए । प्रमुख जिल्ला अधिकारी उपाध्यायले मदिराका कारण विभिन्न खालका घटनाहरु हुन सक्ने भएकाले मदिराको कारोबार तथा सेवनमा रोक लगाइएको र कसैले निर्णय विपरीत काम गरेको पाइएमा कानुन अनुसार कारबाही बताएका छन् । मदिराकै कारण धेरै ठाउँमा झै–झगडा हुने, शान्ती, सुरक्षामा असर पर्ने गरेको पाइएकाले मदिराको कारोबारमा पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो । जिल्लास्थित व्यवसायीका प्रतिनिधि समेत सहभागी बैठकमा सहभागी भएका थिए । निर्वाचनलाई शान्तपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया