Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०५:३८

चौलानी नदीमा राफ्टिङ

जिल्ला विपद व्यवस्थापन समिति दार्चुलाको आयोजनामा चौलानी नदीमा विपद् उद्दार अभ्यास सम्पन्न
सम्बाददाता सम्बाददाता
शुक्रबार, असोज १९, २०८०
चौलानी नदीमा राफ्टिङ

दार्चुलाको चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति दार्चुलाको आयोजनामा चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको हो । 

बिहीबार शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वरस्थित चौलानी नदीमा विपद् उद्दार अभ्यास गरिएको जनाईएको छ ।

भुकम्प, आगलागी, नदी कटान, डुवान, भुक्षयिकरण लगायतका विपद्मा मानविय तथा भौतिक बस्तुको उद्दार एवम् सुरक्षाका लागि पुर्व अभ्यास गरिएको छ । 

कार्यक्रममा सशस्त्र प्रहरी, नेपाल प्रहरी, सेनाले नदीमा हराएका मानिसको उद्दार एवम् भुकम्प, आगलागी, कटान, डुवान, भुक्षयिकरण लगायत विपद्मा उद्दार कार्य बारे अभ्यास गरेका थिए ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले विपद् पुर्व अभ्यासबाट भविष्यमा आईपर्ने विपद् जोखिम न्यूनिकरणमा भूमिका निर्वाह गर्न सकिने विषयमा जोड दिएकी थिईन ।

जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी किरण जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४४ गण हेडक्वाटर दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक डम्बर बहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक शिव बहादुर सिह, अनुसन्धान अधिकृत भोगेन्द्र बहादुर चन्द, नेपाली सेनाका जमदार सुर्दशन पाण्डे, शैल्यशिखर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुष्करसिह धामी, रेडक्रस दार्चुलाका मन्त्री दिपक अवस्थी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया