Wide Nepal News बिहिबार २०, बैशाख २०८१ १२:३७

डिलासैनी गाउँपालिकामा महिनावारी स्वच्छता एवम् सरसफाइ प्रवर्द्धन सम्बन्धि गोष्ठी सम्पन्न

सम्बाददाता सम्बाददाता
आइतबार, असोज १४, २०८०
डिलासैनी गाउँपालिकामा महिनावारी स्वच्छता एवम् सरसफाइ प्रवर्द्धन सम्बन्धि गोष्ठी सम्पन्न

बैतडीको डिलासैनी गाउँपालिकाले महिनावारी स्वच्छता एवम् सरसफाइ प्रवद्र्धन र महिला हिंसा सम्बन्धि १ दिने गोष्ठिको आयोजनाको गरेको छ । 

एक्सन वक्र्स नेपाल र महालक्ष्मी विकास बैंकको सहयोग तथा डिलासैनी गाउँपालिकाको आयोजनामा वडा नम्बर ७ स्थित धामीगाउँमा सनिबार गोष्ठीको आयोजना गरिएको हो ।

गोष्ठीमा महिनावारी स्वच्छता एवम् सरसफाइ प्रवद्र्धन र महिला हिंसा न्युनिकरण सम्बन्धि अन्तरक्रियाका साथै सडक नाटक प्रदर्शनका माद्यमबाट स्थानीयहरुमा जनचेतना फैलाउने प्रयास गरिएको डिलासैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिए ।

डिलासैनी गाउँपालिकाका अध्यक्ष जोशीको अध्यक्षतामा आयोजित उक्त गोष्ठीमा संविधान सभा सदस्य एवम् पूर्व सांसद डा. बिन्दा पाण्डेय, डिलासैनी गाउँपालिकास्थित विभिन्न वडाका जनप्रतिनिधी, एक्सन वक्र्स नेपालका अध्यक्ष सम्झना पौडेल, थलारा गाउँपालिका बझाङका पूर्व उपाध्यक्ष गंगुदेवी खडायत, स्वास्थ्य कार्यालय बैतडीका कार्यालय प्रमुख योगेश भट्ट, जिल्ला प्रशासन कार्यालय  बैतडीका प्रशासन अधिकृत शंंकर बोहरा, डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जय पटेल, महालक्ष्मी विकास बैंक गोकुलेश्वर शाखाका शाखा प्रबन्धक सागर शाही,  सरोकारवासहित स्थानीयको सहभागिता रहेको जनाइएको छ ।  

गोष्ठीका अवसरमा एक्सन वक्र्स नेपालले प्रदान गर्दै आइरहेको मितेरी गंगादेवी शान्ति पुरस्कारबाट थलारा गाउँपालिका बझाङका पूर्व उपाध्यक्ष गंगुदेवी खडायतलाई सम्मानित गरेको छ । खडायत बझाङमा पहिलोपटक हलो जोत्ने महिलाका रुपमा समेत चिनिन्छन् । 

लामो समयदेखि समाजमा शान्ति स्थापना गर्न तथा म हिला हिंसा विरुद्धको अभियानमा क्रियाशिल उनलाई मितेरी गंगादेवी शान्ति पुरस्कारबाट सम्मानित गरिएको एक्सन वक्र्स नेपालका अध्यक्ष पौडेलले बताइन् । 

प्रतिक्रिया