Wide Nepal News मङ्गलबार २५, बैशाख २०८१ ०३:५१

संविधान दिवसमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी गोकुलेश्वरका बोहरा-बिष्टको जोडीलाई

सम्बाददाता सम्बाददाता
बुधबार, असोज ०३, २०८०
संविधान दिवसमा आयोजित ब्याडमिन्टन प्रतियोगिताको उपाधी गोकुलेश्वरका बोहरा-बिष्टको जोडीलाई

दार्चुला जिल्ला सदरमुकाम खलंंगामा आयोजित खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । महाकाली नगरपालिका युवा तथा खेलकुद परिषद् दार्चुलाको आयोजनामा गत असोज १ गतेदेखि सञ्चालन भएको प्रतियोगिता सम्पन्न भएको हो ।

संविधान दिवसको अवसर पारेर आयोजित खुल्ला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधी शैल्यशिखर नगरपालिका ९ स्थित गोकुलेश्वरबाट गएका खेलाडीद्धय राज बहादुर बोहरा र प्रकाश बिष्टको जोडीले जितेको छ । 

आज बिहान भएको फाइनल खेलमा लोक बहादुर कुवर र दौलत सिह ठगुन्नालाई  २१-१३,२१-१२,२१-७ को सोझो सेटमा पराजित गर्दे राज बहादुर बोहरा र प्रकाश विष्टको टोलिले प्रतियोगिताको उपाधी हात पारेको हो । 

प्रतियोगितामा दार्चुला र धारचुलाका ३२ टिमको सहभागिता रहेको थियो । चार वटा पोलमा विभाजन गरिएको प्रतियोगिता नकआउट चरणमा खेल खेलाइएका हुन् ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद २२ हजार २२२ रुपैयाँ नगद, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै दोस्रो हुने टिमलाई नगद ११ हजार १११ तथा तृतीय हुने टिमलाई नगद ५ हजार ५५५ नगद शिल्ड तथा प्रमाणपत्र प्रदान गरिएको महाकाली नगर युवा तथा खेलकुद परिषद्का अध्यक्ष लोकबिक्रम सामन्तले जानकारी दिए । 

प्रतियोगिताको समापन समारोहमा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर उपमेयर दुर्गा खत्री बिष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी शिव बहादुर सिंंह लगायतको उपस्थिती रहेको बताइएको छ । प्रतियोगिता सूर्य प्रकाश होटलको खेलमैदानमा सञ्चालन भएको हो । 

प्रतिक्रिया