Wide Nepal News शुक्रबार २१, बैशाख २०८१ १०:०१

धनगढीका दुई अस्पताल, तुरुन्त बन्द गर्न प्रशासनको निर्देशन

सम्बाददाता सम्बाददाता
बुधबार, भदौ २७, २०८०
धनगढीका दुई अस्पताल, तुरुन्त बन्द गर्न प्रशासनको निर्देशन

धनगढीका दुई अस्पताल तुरुन्त बन्द गर्न जिल्ला प्रशासनले निर्देशन दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको बजार अनुगमन समितिले धनगढी चटकपुरको स्वस्तिक अस्पताल र संजिवनी अस्पताल बन्द गर्न निर्देशन दिएको हो। दुबै अस्पताल दर्ता नभई सञ्चालनमा आएको पाइएकाले मङ्गलबार अनुगमन समितिले तुरुन्त बन्द गर्न अस्पताल सञ्चालकहरूलाई निर्देश दिइएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी नेतृत्वको अनुगमन समितिले मङ्गलबार धनगढीका तीन अस्पतालको अनुगम गरेको हो। अनुगमनका  क्रममा सौभाग्य अस्पताल दर्ता भएर सञ्चालनमा आएको भए पनि स्वस्तिक र संजिवनी अस्पताल कुनै पनि सरकारी निकायको अनुमतिबिना नै सञ्चालनमा रहेको पाइएकाले बन्द गर्न निर्देशन दिइएको हो।

स्थानीय प्रशासनको निर्देशनपछि बुधबारबाट अस्पताल बन्द गर्नुपर्ने निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले दिनेशखबरलाई बताए। निर्देशनको अवज्ञा गरिए बुधबार अस्पताल सिल गरिने सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए। अस्पताल बन्द गरे नगरेको बुधबार फेरि अनुगमन गरिने बताइएको छ। कानूनअनुसार सेवा सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, एक सय  शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्ने व्यवस्था छ।

प्रतिक्रिया