Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०५:१४

गोकुलेश्वरमा प्रहरीद्धारा झण्डै ९ किलो चरेससहित २ जना नियन्त्रणमा

सम्बाददाता सम्बाददाता
मङ्गलबार, भदौ २६, २०८०
गोकुलेश्वरमा प्रहरीद्धारा झण्डै ९ किलो चरेससहित २ जना नियन्त्रणमा

दार्चुलाको गोकुलेश्वर नजिकैबाट लागूऔषध चरेससहित दुई जना पक्राउ परेका छन् । मंगलवार बिहान शैल्यशिखर नगरपालिका,९ नायलबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका, ४ भटनाका ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जय बहादुर धानुक रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका ईन्चार्ज एवम् प्रहरी निरीक्षक मान सिंह ऐरीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटि गएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ८ किलो ८५० ग्राम चरेस बरामद गरि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऐरीले बताए । 

धामीको साथबाट ६ किलो र धानुकको साथबाट २ किलो ८५० ग्राम चरेस बरामद गरिएको हो । दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लामा प्रहरी ठूलो परिमाणमा लागूऔषध चरेस बरामद गर्न सफल हुँदै गएको छ ।

प्रतिक्रिया