Wide Nepal News बिहिबार २०, बैशाख २०८१ ०१:४१

शैल्यशिखर नगरपालिकामा कार्यरत एक कर्मचारी आइतबारदेखि सम्पर्कविहीन

सम्बाददाता सम्बाददाता
सोमबार, भदौ २५, २०८०
शैल्यशिखर नगरपालिकामा कार्यरत एक कर्मचारी आइतबारदेखि सम्पर्कविहीन

दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत एकजना कर्मचारी हिजोदेखि सम्पर्कविहीन भएका छन् । 

शैल्यशिखर नगरपालिका वडा नम्बर २ रौतेउडा घर भइ हाल सोही वडामा वडा सचिवको जिम्मेवारीमा कार्यरत खेमराज कपाडी परिवारसित सम्पर्कविहीन भएको परिवार स्रोतले जनाएको छ । 

आइतबार बिहान तालिमका लागि डडेल्धुरा जाने भन्दै घरबाट मोटरसाइकलमा हिडेका कपाडी तालिममा समेत सहभागि नभएका तथा सम्पर्क गर्न खोज्दा अहिलेसम्म सम्पर्कमा समेत नआएका उनका आफन्त प्रमानन्द कपाडीले जानकारी दिएका छन् । 

कपाडी हिजोदेखि सम्पर्कमा नआएपछि अहिले उनको परिवारले खोजि कार्य सुरु गरेको छ । उनको खोजी कार्य गरिदिन भन्दै परिवारले इलाका प्रहरी कार्यालय गोकुलेश्वर, जिल्ला प्रहरी कार्यालय बैतडी तथा डडेल्धुरा प्रहरीलाई आग्रह गरेको छ । 

यस्तै सम्पर्कविहीन रहेका कपाडीलाई कहीँ कतै देखेमा ९८४७५९०५०० मा सम्पर्क गर्न हुन् आफन्त प्रमानन्द कपाडीले सबैलाई आग्रह गरेका छन् । 

प्रतिक्रिया