Wide Nepal News शुक्रबार ०४, जेठ २०८१ ०२:५१

शैल्यशिखर नगरपालिकाको आयोजनामा आत्महत्या रोकथामका लागि अन्तरक्रिया

सम्बाददाता सम्बाददाता
आइतबार, भदौ २४, २०८०
शैल्यशिखर नगरपालिकाको आयोजनामा आत्महत्या रोकथामका लागि अन्तरक्रिया

"आशा जगाऔँ, जीवन बचाऔँ" भन्ने नाराका साथ आज विश्व आत्महत्या रोकथाम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

यसैबिच विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर दार्चुलाको शैल्यशिखर नगरपालिका र इलाका प्रहरी कार्यालय गोकुलेश्वरको संयुक्त आयोजनामा आत्महत्या न्युनिकरणका लागि अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजयसिंह धामीको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख शान्ती खडायत, इलाका प्रहरी कार्यालय गोुकलेश्वरका प्रमुख तथा प्रहरी निरीक्षक मानसिंह ऐरी, नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशी, गोकुलेश्वर अस्पतालका नि.मे.शु. डा. नेयाज अन्सारी लगायत सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सरोकारवालाहरुको सहभागिता रहेको शैल्यशिखर नगरपालिकाले जनाएको छ । 

अन्तरक्रिया कार्यक्रममा पछिल्लो समय शैल्यशिखर नगरपालिकाभित्र विभिन्न कारणले आत्महत्या गर्नेको संख्या बढेको औंल्याउदै आत्महत्याको दर न्युनिकरण एवम् रोकथामका लागि स्थानीय सरकार र प्रहरीको सहकार्यमा केकस्ता कामहरु गर्न सकिन्छन् भन्ने विषयमा केन्द्रीत रहेर छलफल भएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत शिवदत्त जोशीले जानकारी दिए 

अन्तरक्रियामा सहभागि स्थानीय सरकारका जनप्रतिनिधी र कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले आत्महत्या रोकथामका लागि आआफ्नो क्षेत्रबाट गर्न सकिने पहलकदमीका बारेमा प्रतिबद्धता जनाउदैँ प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गरिएको निमित्त प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा संयोजक जोशीले बताए । 

कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धि विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमलाई नियमितता दिने, स्वास्थ्यकर्मीहरुलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सम्बन्धि तालिमको व्यवस्था गर्ने, लागूऔैषध दुव्र्यसनलाई नियन्त्रणमा लिई कूलतमा फसेका किसोर तथा युवा समूहलाई पुनस्थापित गर्ने, बालविवाह, घरेलु हिंसा, सामाजिक सञ्जालमाथि नियन्त्रण गर्नुपर्ने, विद्यालय तथा समुदायमा मनोसामाजिक परामर्शदाताको व्यवस्थापन गर्ने तथा आत्महत्याको प्रमुख कारण मानसिक समस्या भएकाले पनि यसबारे स्थानीय सरकारले सचेत रही आवस्यक नीति निर्माण गरि काम गर्नुपर्ने कुरामा सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेको शैल्यशिखर नगरपालिका नगर प्रमुख विजयसिंह धामीले उल्लेख गरेका छन् । 

नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया